7 months ago
May 17, 2025
सुमन अधिकारी, बुटवल
लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङविरुद्ध विशेष साधारण सभामार्फत अविश्वासको प्रस्ताव पारित भएको छ । संघको शनिवार कपिलवस्तुमा भएको विशेष साधारण सभामा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका छन् ।
२०८१ चैत्र २२ गते संघका उपाध्यक्ष विनय राजभण्डारी प्रस्तावक बस्दै ३१ जना प्रतिनिधिले हस्ताक्षर गरेर गुरुङविरुद्ध अविश्वासको प्रस्ताव नेपाल क्रिकेट संघ (क्यान) मा पठाइएको थियो । क्यानको निर्देशनअनुसार शनिबार कपिलवस्तुको तौलिहवामा भएको विशेष साधारण सभाबाट गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका हुन् ।
विशेष साधारणसभामा उपस्थित ३८ जना (शतप्रतिशत) प्रतिनिधिले नै अविश्वासको प्रस्तावको पक्षमा मतदान गरे । गुरुङको पक्षमा भने कुनै मत नपरेको प्रदेश क्रिकेट संघले जनाएको छ । संघका कुल ४१ प्रतिनिधिमध्ये कोषाध्यक्ष राजेश शाक्यको मृत्यु भएपछि उक्त पद खाली छ । साधारण सभामा अध्यक्ष गुरुङ उपस्थित भएनन् भने संघका सदस्य सुभाष तिमिल्सिना अष्ट्रेलियामा भएकाले उपस्थित भएनन् । गुरुङ पदमुक्त भएपछि संघको अध्यक्ष पद खाली भएको छ ।
गुरुङ पदमुक्त भएपछि संघको उपाध्यक्ष राजभण्डारी कार्यवाहक अध्यक्ष बनेका छन् । संघको विशेष साधारणसभाले रिक्त अध्यक्ष र कोषाध्यक्ष चयनका लागि एक विशेष साधारण सभा गर्ने तयारी गरेको कार्यबाहक अध्यक्ष भण्डारीले बताए । विशेष सधारण सभाबाट गुरुङ पदमुक्त भएपछि कार्यबाहक अध्यक्ष राजभण्डारीको अध्यक्षतामा बसेको प्रदेश कार्यसमितिको बैठकले सधारणसभाको मिति समेत तोकेको छ ।
राजभण्डारीका अनुसार बैठकले जेठ ३१ गते पाल्पामा विशेष सधारण सभा गर्ने निर्णय गरेको उनले बताए । उनले उक्त साधारणसभाले नयाँ नेतृत्व चयन गरेर संघलाई बलियो, पारदर्शी र क्रिकेट गतिविधिमा क्रियाशील बनाउने जानकारी दिए ।
गुरुङले मनपरी संघ चलाएको, आर्थिक अनियमितता गरेको र विधानलाई बेवास्ता गरी अघि बढेको भन्दै संघमा आवद्ध दुई तिहाई बढी प्रतिनिधिले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
अध्यक्ष गुरुङलाई स्वेच्छाचारी ढंगबाट अघि बढेको, विधानको बर्खिलाप गरेको र क्रिकेट संघलाई व्यवस्थित ढंगले अघि बढाउन नसकेको आरोप लगाइएको छ । संघका प्रदेश उपाध्यक्ष विनय राजभण्डारीले संघको डेढ वर्षको कार्यकाल अध्यक्ष गुरुङकै कारण क्रिकेटका गतिविधि शुन्यमा वितेको आरोप लगाउँदै उनले भने,’विधि, विधान कुनै मान्नु भएन । आर्थिक रुपमा पारदर्शी समेत काम गर्नुभएन ।’ गुरुङले निरंकुश, तानाशाही र एकलौटी ढंगबाट संघ संचालन गर्न खोजेको आरोप उनले लगाए ।
नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैयाले अहिलेको युगमा पनि कसैले डिक्टेटरसीप लागू गरेर नेतृत्व गर्छु भन्ने सोच्छ भने त्यो अहिलेको परिस्थिति सिर्जना हुने चेतावनी दिएका छन् बताए । उनले भने, ‘दुःखका साथ भन्छु, उहाँकै कारण आज बाध्यताले हामी यहाँ आएका छौं ।’
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले नेपाली क्रिकेटको विकासमा सबैको हातेमालो जरुरी रहेको बताएका छन् । विशेष साधारणसभाको उद्घाटन पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुरेन्द्रराज आचार्यले गरेका थिए ।
२०८१ चैत्र २२ गते संघका उपाध्यक्ष राजभण्डारी प्रस्तावक बस्दै अविश्वासको प्रस्ताव दर्ता गर्दै क्यानलाई यसबारेमा जानकारी गराइएको थियो । यसपछि क्यानले विशेष साधारणसभा गर्न निर्देशन गरेको थियो । तर, विचमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले साधारण सभा रोक्न पत्र काटेको थियो । यही बीचमा राखेपले पुनः पत्र लेख्दै कानुनअनुसार गर्नु भनेपछि शनिबार विशेष साधारणसभा गरिएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]