7 months ago
May 18, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सको सामना गर्देछ।
अरुण जैटली स्टेडियममा हुने खेलमा दील्लीले जित निकाले शीर्ष चारमा स्थान बनाउने मौका हुनेछ। गुजरात विजयी भए लिग तालिकाको शीर्षस्थानमा पुग्नेछ।
लामो ब्रेकमा दिल्लीले तयारी राम्रो गरेको हुनुपर्छ। किनकी दिल्लील पछिल्लो तीन खेलमा मात्र १ अंक मात्र बनाएको छ। जितको खडेरी तोड्ने चुनौती दिल्लीलाई रहेको छ।
यता गुजरात लगातार दुई जितको साथ उत्कृष्ट लयमा देखिएको छ। यही लयलाई निरन्तरता दिने योजनामा गुजरात रहनेछ। जारी लिगमा यसअघि गुजरातले दिल्लीलाई हराइसकेको छ।
दिल्ली ११ खेलमा ६ जित, ४ हार र एक खेलको नतिजा नआउँदा १३ अंक सहित लिगको पाँचौं स्थानमा रहेको छ।
गुजरातले ११ खेलमा ८ जित र ३ हारमा १६ अंक जोडेको छ। गुजरात लिग तालिकाको दोस्रो स्थानमा रहेको छ। गुजरातले भन्दा एक खेल बढी खेलेको रोयल च्यालेन्जर्स बैगलुरू (आरसिबी) १७ अंक सहित शीर्षस्थानमा छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]