default_image

7 months ago

May 18, 2025

पञ्जाब दोस्रो स्थानमा उक्लियो

1162 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब सुपर किङ्स ले राजस्थान रोयल्सलाई १० रनले हराएको छ।

यो जितले पञ्जाबको प्ले अफको संभावनालाई मजबुत बनाएको छ। जितको लागि २ सय २० रनको लक्ष्य पछाएको राजस्थान रोयल्स २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९ रनमा समेटियो।

ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटको लागि ७६ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाए। पहिलो पावर प्लेमा राजस्थानले १ विकेट गुमाएर ८९ रन बनाएको थियो।

वैभव ४० रनमा र यशस्वी २५ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५० रनमा आउट भए। यसपछि मिडर अर्डरको प्रदर्शन कमजोर रहयो।

सन्जु सामसन २० रनना, रियान पराग १३ रनना र सिम्रोन हेटमेर ११ रनना आउट भए‌। ५ विकेटको नोक्सानीमा राजस्थानले १ सय ८१ रन जोड्यो। धुर्व जुरेल क्रिजमा टिकिरहेका थिए। ३१ बलमा ५१ रन जोडेर उनी आउट भए।

राजस्थान बलिङमा हर्पित ब्रार्रले ४ ओभर बलिङ गर्दै २२ रन दिएर ३ विकेट लिए। यस्तै अज्मतुल्लाह ओम्रजाइ र मार्को जानसेनले समान २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १९ रन बनायो। सुरूवात राम्रो गर्न नसकेको पञ्जाबले पहिलो पावर प्लेको समाप्तीमा ५८ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो।

प्रियान्स आर्या ९ रनमा, मिचेल ओएन बिना कुनै रनमा र प्राभसिम्रन सिंह २१ रनमा आउट भए। तीन खेलाडी आउट हुँदा पञ्जाबले ३४ रन मात्र बनाएको थियो।

त्यसपछि नेहाल वादेरा र कप्तान श्रेयस अयरले चौथो विकेटको लागि ६७ रनको साझेदारी गरे। श्रेयस ३० रनमा पबिलियन फर्किए। नेहाल वादेराले उत्कृष्ट ब्याटिङ गर्दै ३७ बलमा ५ चौका र ५ छक्का सहित ७० रनको पारी खेले।

यसपछि छैटौं क्रमका सशांक सिंहले ३० बलमा अविजित ५९ रन बनाए। योसँगै पञ्जाबले २ सय १९ रन बनाए। बलिङमा तुसार देशपाण्डेले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए।

पञ्जाब १२ खेलबाट १७ अंक बनाएर लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ। लिग चरणबाट बाहिरिसकेको राजस्थानको यो दशौं हार हो।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.