7 months ago
May 18, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा अहिले दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलसई जितको लागि २ सय रनको चुनौति दिएको छ। दिल्लीको लागि के एल राहुलले सानदार अविजित शतक प्रहार गरे।
अरुण जैटली स्टेडियममा टस जितेर गुजरातले दिल्लीलाई ब्याटिङको लागि मैदानमा उतार्यो। निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै दिल्लीले १ सय ९९ रनको योगफल खडा गर्यो।
ओपनर फाप डु प्लेसिस ५ रनमा आउट हुँदा दिल्लीले १६ रन बनाएको थियो। तर अर्का ओपनर केएल राहुल र अभिषेक पोरेलले दोस्रो विकेटको लागि ९० रनको साझेदारी गरे। अभिषेक ३० रन जोडेर साइ किशोरको बलमा आउट भए। अक्षर पटेल २५ रनमा समेटिए।
केएल राहुल भने क्रिजमा जमे। उनले शतकीय पारी खेले। ६० बल खेल्दै १२ चौका र ४ छक्का सहित शतकको सफलता प्राप्त गरे। उनले बिष्फोटक ब्याटिङ गर्दै अविजित १ सय १२ रनको तारिफयोग्य प्रदर्शन गरे। ट्रिस्टान स्टब्स अविजित २१ रनमा रहे।
बलिङमा गुजरातको प्रदर्शन फितलो रहयो। उसको लागि अर्सद खान, प्रसिद्ध कृष्णा र साइ किशोरले १-१ विकेट लिए।
दिल्ली ११ खेलमा ६ जित, ४ हार र एक खेलको नतिजा नआउँदा १३ अंक सहित लिगको ५ औं स्थानमा रहेको छ। गुजरातले ११ खेलमा ८ जित र ३ हारमा १६ अंक जोडेको छ। ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]