default_image

7 months ago

May 19, 2025

नेपाललाई युएईको प्रतिस्पर्धात्मक चुनौती

1577 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- आइसिसी महिला टि-ट्वान्टी वल्ड कप एसिया क्वालिफायरको सुपर थ्रीमा युएईले नेपाललाई जितको लागि १ सय १५ रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ।

टेर्डथाई क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रनको योगफल खडा गर्यो।

ओपनरद्वय इशा ओजा र थ्रीता सतिशले पहिलो विकेटको लागि ४५ रनको साझेदारी गरे। थ्रीता २१ रनमा राजमति ऐरीको बलमा आउट भइन्। पहिलो विकेट झार्न नेपालले १० औं ओभर कुर्नुपर्यो।

इशाले २ चौका र १ छक्का सहित ३९ रन बनाइन्। यस्तै हिना होटचान्डीले २० र लाभान्या केनीले १२ रन बनाए।

बलिङमा मनिषा उपाध्यायले ४ ओभर बलिङ गर्दै २० रन खर्चेर ४ विकेट झारिन्। कविता कुँवरले २ र राजमतिले१ विकेट लिइन्।

सुपर थ्रीको यो प्रतिस्पर्धामा जित निकाले ग्लोबल छनोटमा नेपालले स्थान सुरक्षित गर्नेछ। हारले नेपालको छनोट यात्रामा पूर्ण विराम लाग्नेछ।

हिजो भएको खेलमा युएईलाई ५४ रनले हराउँदै आयोजक थाईल्याण्ड भने ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल भैसकेको छ।

त्यसैले आज नेपाललाई जित जरुरी छ। नेपाल, थाइल्याण्ड र युएई तीन समुहको विजेता बन्दै सुपर थ्रीमा पुगेका हुन्।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.