7 months ago
May 19, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबाद र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।
एकाना स्टेडियममा टस जितेर सनराइजर्स हैदराबादले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। लखनउलाई प्ले अफको संभावनालाई कायमै राख्न आज जितको विकल्प छैन ।
यो सिजन लखनउको प्रदर्शनमा उतार-चढाव रह्यो। जहाँ मिचेल मार्श र निकोलस पुरनले राम्रो सुरुवात गरे पनि विस्तारै उनीहरूको प्रदर्शन कमजोर हुँदै गयो।
साथै आइपिएल इतिहासको सबैभन्दा महँगो खेलाडी तथा कप्तान ऋषभ पन्तले ११ खेलमा जम्मा १ सय २६ रन मात्रै बनाएर निराश पारेका छन्। हैदराबादका प्लेअफ दौडबाट बाहिरिसकेको छ।
गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैगलुरु (आरसिबी) र पन्जाब किङ्स प्ले अफमा पुगिसक्दा अब प्ले अफको लागि मात्र एउटा टोलीको लागि मौका बाँकी छ। जसको लागि मुम्बई इण्डियन्स, दिल्ली क्यापिटल्स र लखनउबीच प्रतिस्पर्धा हुनेछ।
लखनउले ११ खेलबाट १० अंक बनाएको छ। हैदराबाद को ७ अंक छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]