default_image

7 months ago

May 19, 2025

हैदराबादलाई प्रतिस्पर्धात्मक चुनौती

779 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले सनराइजर्स हैदराबादलाई
२ सय ६ रनको चुनौती दिएको छ।

एकाना स्टेडियममा टस जितेर सनराइजर्स हैदराबादले पहिले फिल्डिङ गर्ने निर्णय गर्यो। लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रनको योगफल बनायो।

सानदार सुरुवात गरेको लखनउले पहिलो विकेटको लागि शतकीय साझेदारी गर्यो। ओपनरद्वय मिचेल मार्स र एडम मारक्रमले १ सय १५ रनको सानदार साझेदारी गरे। यो क्रममा दुवैले अर्धशतक बनाए। दुवैले २८ बलमा अर्धशतकको बनाए।

यो साझेदारी १०.३ ओभरमा हर्ष दुबेले तोडे। ३९ बलमा ६ चौका र ४ छक्का सहित ६५ रनमा मिचेल आउट भए। लगतै कप्तान ऋषभ पन्त मात्र ७ रनमा एसान मालिङ्गाको बलमा कट एण्ड बोल्ड हुन पुगे।

यसपछि ३८ बल खेलेर ४ चौका र ४ छक्का प्रहार गर्दै ६१ रन बनाएर एडम आउट भए। निकोलस पुरनले २६ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा ४५ रन जोडे। उनी रन आउट हुन पुगे।

बलिङमा एसान मालिङ्गाले सर्वाधिक २ विकेट लिए। हर्ष दुबे,नितिश कुमार पटेल र हर्षल पटेलले समान १ विकेट लिए।

प्ले अफको संभावनालाई कायमै राख्न लखनउलाई आजको खेल जित्नैपर्नेछ। लखनउले ११ खेलबाट १० अंक बनाएको छ‌। हैदराबादको मात्र ७ अंक छ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.