default_image

7 months ago

May 19, 2025

हैदराबादलाई प्रतिस्पर्धात्मक चुनौती

782 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले सनराइजर्स हैदराबादलाई
२ सय ६ रनको चुनौती दिएको छ।

एकाना स्टेडियममा टस जितेर सनराइजर्स हैदराबादले पहिले फिल्डिङ गर्ने निर्णय गर्यो। लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रनको योगफल बनायो।

सानदार सुरुवात गरेको लखनउले पहिलो विकेटको लागि शतकीय साझेदारी गर्यो। ओपनरद्वय मिचेल मार्स र एडम मारक्रमले १ सय १५ रनको सानदार साझेदारी गरे। यो क्रममा दुवैले अर्धशतक बनाए। दुवैले २८ बलमा अर्धशतकको बनाए।

यो साझेदारी १०.३ ओभरमा हर्ष दुबेले तोडे। ३९ बलमा ६ चौका र ४ छक्का सहित ६५ रनमा मिचेल आउट भए। लगतै कप्तान ऋषभ पन्त मात्र ७ रनमा एसान मालिङ्गाको बलमा कट एण्ड बोल्ड हुन पुगे।

यसपछि ३८ बल खेलेर ४ चौका र ४ छक्का प्रहार गर्दै ६१ रन बनाएर एडम आउट भए। निकोलस पुरनले २६ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा ४५ रन जोडे। उनी रन आउट हुन पुगे।

बलिङमा एसान मालिङ्गाले सर्वाधिक २ विकेट लिए। हर्ष दुबे,नितिश कुमार पटेल र हर्षल पटेलले समान १ विकेट लिए।

प्ले अफको संभावनालाई कायमै राख्न लखनउलाई आजको खेल जित्नैपर्नेछ। लखनउले ११ खेलबाट १० अंक बनाएको छ‌। हैदराबादको मात्र ७ अंक छ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.