9 years ago
March 2, 2017
नोयडा (हाम्रो खेलकुद) – भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेश्रो अभ्यास खेलमा नोयडा वोन्डर्स विरुद्ध ४० रनको जित हात पारेको छ। विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्ध हुने दुइ खेलको तयारीका लागि भारत पुगेको नेपालले यसअघी खेलेका दुइ अभ्यास खेलमा १ जित र १ हार व्येहोरेको थियो।

पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउदै २४८ रन बनाएको थियो। पछिल्ला २ खेलमा कप्तानीसंगै ओपनरको भूमिका निभाएका ज्ञानेन्द्र मल्लले आजको खेलमा विश्राम लिएका थिए। मल्लले पहिलो खेलमा शतक प्रहार गरेका थिए भने दोश्रो खेलमा ९५रन बनाएका थिए। नेपालको लागि ओपनर सुनिल धमलाले १२८ बलमा ४ चौकाको मद्दतले ७४ रन जोडे भने अर्का ओपनर असिफ शेख २२ रनमा आउट भए। तेश्रो नम्बरमा ब्याटिङ गरेका शरद भेषवाकरले २२ रन बनाउदा आरिफ शेखले २८ रन जोडे।
विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले ३२ बलमा १ चौका र २ छक्काको मद्दतले ४४ रनको आक्रामक इनिङ खेलेका थिए। उनलाई २३ बलमा ३० रन बनाएका राजेश पुलामी मगरले राम्रो साथ् दिएका थिए। मगर र भण्डारीले पाँचौ विकेटका लागि ४० बलमा ५७ रनको उत्कृष्ट साझेदारी गरेका थिए। बिकाश मिश्रले २ विकेट लिए भने शिवं शर्मा, हर्शत सेठ र शुभम माबीको नाममा १/१ विकेट रह्यो।
दोस्रो ब्याटिङ गरेको नोयडा वोन्डर्सले ४८ ओभरमा सबै विकेट गुमाउदै २०८ रन मात्र जोडे पछि ४० रनको पराजय भोगेको थियो । नेपालको लागी साेमपाल कामीले ३ तथा सन्दिप लामिछाने र शक्ति गाैचनले समान २ विकेट लिए भने करण केसी र बसन्त रेग्मीले आफ्नो भागमा १ विकेट पारे। नाेयडाका प्रियम गर्गले सर्वाधिक ४४ तथा शिभम शर्माले ३८ रन जाेडे।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]