7 months ago
May 19, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आइपिएल) प्ले अफ दौडबाट बाहिरिएको छ।
सनराइजर्स हैदराबादसँग सोमवार ६ विकेटले पराजित भएपछि लखनउको प्ले अफ पुग्ने सम्भावना सकिएको छ।
अब दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स प्ले अफ दौडमा छन् । गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु र पन्जाब किंग्स यसअघि नै प्ले अफमा पुगिसकेका छन्।
आज २ सय ६ रनको लक्ष्य हैदराबादले १८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। माथिल्लो क्रमका ब्याटरले सामूहिक प्रदर्शन गर्दै टोलीलाई जित दिलाए। ओपनर अभिषेक शर्माले अर्धशतक पूरा गरे। २० बलमा अभिषेकले ६ छक्का र ४ चौकामा ५९ रन जोडे।
हेन्रिक क्लासनले ४७, इशान किशनले ३५, रिटायर्ड हर्ट भएका कमिन्दु मेन्डिसले ३२ रन बनाए। लखनउका दिगभेस राठीले २ तथा सार्दुल ठाकुर र विल ओरुकेले समान १ विकेट लिए।
एकाना स्टेडियममा त्यसअघि टस जितेर हैदराबादले पहिले फिल्डिङ गर्ने निर्णय गर्यो। लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रनको योगफल बनायो।

सानदार सुरुवात गरेको लखनउले पहिलो विकेटको लागि शतकीय साझेदारी गर्यो। ओपनरद्वय मिचेल मार्स र एडम मारक्रमले १ सय १५ रनको सानदार साझेदारी गरे। यो क्रममा दुवैले अर्धशतक बनाए। दुवैले २८ बलमा अर्धशतकको बनाए।
यो साझेदारी १०.३ ओभरमा हर्ष दुबेले तोडे। ३९ बलमा ६ चौका र ४ छक्का सहित ६५ रनमा मिचेल आउट भए। लगतै कप्तान ऋषभ पन्त मात्र ७ रनमा एसान मालिङ्गाको बलमा कट एण्ड बोल्ड हुन पुगे।
यसपछि ३८ बल खेलेर ४ चौका र ४ छक्का प्रहार गर्दै ६१ रन बनाएर एडम आउट भए। निकोलस पुरनले २६ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा ४५ रन जोडे। उनी रन आउट हुन पुगे।
बलिङमा एसान मालिङ्गाले सर्वाधिक २ विकेट लिए। हर्ष दुबे,नितिश कुमार पटेल र हर्षल पटेलले समान १ विकेट लिए।
लखनउले १२ खेलबाट १० अंक बनाएको छ। प्ले अफबाट पहिले नै बाहिरिसकेको हैदराबादको मात्र ९ अंक भएको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]