default_image

7 months ago

May 20, 2025

नेपालले टस जित्यो

1608 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्री को अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएको छ ।

प्रतियोगिताको उपाधि जित्न नेपालले यो खेल जित्नुपर्ने हुन्छ । नेपाल र थाइल्याण्ड दुवै सुपर थ्री को शीर्ष दुईमा रहेर विश्वकपको ग्लोबल छनोटमा भने अघि बढिसकेका छन् । एसिया छनोट अन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेल हो । खेल नेपाली समयअनुसार बिहान ८:४५ बजे सुरु हुनेछ ।

तीन समूहका शीर्ष टोली सुपर थ्रीमा पुगेका थिए। नेपाल र थाइल्याण्ड दुवै युएईलाई हराएर ग्लोबल छनोटमा पुगेका हुन् । नेपालले सोमबार युएईलाई ५ विकेटले हराएर ऐतिहासिक सफलता प्राप्त गरेको थियो । थाइल्याण्डको ८ अंक, नेपालको ७ अंक र यूएईको ६ अंक रहेको छ ।

ग्लोबल छनोटमा पुग्ने पहिलो लक्ष्य पूरा गरेको नेपाल सामू आज एसिया च्याम्पियन बन्ने अवसर छ । टोली उच्च मनोबलका साथ मैदानमा उत्रिने कप्तान इन्दु वर्माले बताएकी छिन् ।

नेपालले समूह चरणमा बहराइनलाई दुवै खेलमा हराएको थियो । हङकङसँग पराजित भएको थियो । हङकङको नेपालसँग १ र बहराइनसँग दुवै खेल वर्षाले प्रभावित हुँदा नेपाल बढी जितका आधारमा समूहको शीर्ष टोली बन्दै सुपर थ्रीमा पुगेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.