default_image

7 months ago

May 20, 2025

नेपाललाई हराउँदै थाइल्याण्ड च्याम्पियन

2431 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- थाइल्याण्डले आइसिसी महिला टि२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ।

नेपाललाई आज ७८ रनको फराकिलो अन्तरले हराउँदै आयोजक थाइल्याण्ड च्याम्पियन बनेको हो।

ग्लोबल क्वालिफायरमा नेपाल र थाइल्याण्ड दुवै छनोट भैसकेका छन्। टेडथाइई क्रिकेट मैदानमा १ सय ५९ रनको विशाल लक्ष्य पछाएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८० रनमा समेटियो।

नेपालले आज निराशाजनक ब्याटिङ गर्यो। कमजोर सुरुवात गर्यो। ३१ रन जोड्दा नेपालले ४ विकेट गुमाइसकेको थियो।

ओपनरद्वय सम्झना खड्का ९ रनमा र रुवी पोदार ४ रनमा आउट भए। कप्तान इन्दु बर्मा ७ रनमा तथा उपकप्तान पूजा महतो रनको खाता नखोली आउट भइन्। यसपछि पनि नेपाल सम्हालिन सकेन।

कविता कुँवरले ३३ बलमा सर्वाधिक २४ रन जोडिन्। राजमति ऐेरीले २० रन र रुविना क्षेत्रीले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा ओनिचा कामछोम्पुले ४ ओभर बलिङ गर्दै १ मेडन सहित ११ रन खर्चेर ४ विकेट लिइन्। थिपाट्चा पुथाओङले पनि ४ ओभरमा १ मेडन सहित १४ रन मात्र दिएर ३ विकेट आफ्नो नाममा लेखाइन्।

त्यसअघि नेपालले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएपनि थाइल्याण्डलाई रोक्न सकेन । ओपनर नाताया बुचाथाम र नानापात कोन्चरोएन्काइले अर्धशतक प्रहार गरेपछि थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५८ रन जोडेको हो । नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले १-१ विकेट लिए ।

नाताया र अफिसर सुवान्चोनराठीले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । अफिसरले ४३ बलमा २९ रन जोडिन् । त्यसपछि नानापात र नातायाले स्कोर अघि बढाए । नाताया ४२ बलमा ५ चौकासहित ५० रन जोड्दै मनिषाको बलमा क्याच आउट भइन् ।

नानापातले २८ बलमा ८ चौकासहित नटआउट ५० रन जोडिन् । नाथाकन चनतमले ९ बलमा २ चौकासहित १४ रनको योगदान दिइन् ।

तीन समूहका शीर्ष टोली सुपर थ्रीमा पुगेका थिए। नेपाल र थाइल्याण्ड दुवै युएईलाई हराएर ग्लोबल छनोटमा पुगेका हुन् । नेपालले सोमबार युएईलाई ५ विकेटले हराएर ऐतिहासिक सफलता प्राप्त गरेको थियो । थाइल्याण्ड आजको जितपछि १० अंक सहित च्याम्पियन बन्यो। नेपालको कुल ७ अंक जोड्यो।

नेपालले समूह चरणमा बहराइनलाई दुवै खेलमा हराएको थियो । हङकङसँग पराजित भएको थियो । हङकङको नेपालसँग १ र बहराइनसँग दुवै खेल वर्षाले प्रभावित हुँदा नेपाल बढी जितका आधारमा समूहको शीर्ष टोली बन्दै सुपर थ्रीमा पुगेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.