7 months ago
May 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले राजस्थान रोयल्सलाई जितको लागि १ सय ८८ रनको चुनौती दिएको छ।
अरुण जैटली स्टेडियममा भएको खेलमा राजस्थानले टस जितेर चेन्नईलाई पहिले ब्याटिङको लागि उतार्यो। चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८७ रनको योगफल तयार पार्यो।
चेन्नईका डेभोन कोनवे १० रनमा र उर्भिल पटेल रनको खाता नखोली आउट भए। यतिखेर चेन्नईले १२ रन मात्र बनाएको थियो। यसपछि आयुष महात्रे र रविचन्द्र आश्विनले तेस्रो विकेटको लागि ५६ रनको साझेदारी गरे।
२० बल खेल्दै ८ चौका र १ छक्का प्रहार गर्दै आयुषले ४३ रनको पारी खेले। यसपछि डिवाल्ड ब्रेभिसले २५ बलमा ४२ रन जोडे। उनले २ चौका र ३ छक्का प्रहार गरे। यस्तै शिवम दुबेले ३९ र महेन्द्र सिंह धोनीले १६ रन बनाए।
बलिङमा आकाश मधवाल र युद्धवीर सिंहले समान ३ विकेट लिए। लिग चरणबाट बाहिरिसकेका चेन्नई र राजस्थानसँग समान ६ अंक छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]