7 months ago
May 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको छ।
जितको लागि १ सय ८८ रनको चुनौती राजस्थानले १७.१ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो।
ओपनर यशस्वी जैसवाल १९ बलमा ५ चौका र २ छक्का सहित सम्मान ३६ रनमा आउट भए। दोस्रो विकेटको लागि वैभव सूर्यवंशी र कप्तान सञ्जु सामसनले ९८ रनको साझेदारी गरे।
सञ्जुले ४१ रन जोडे। वैभवले अर्धशतक बनाए । उनले ३३ बल खेल्दै ४ चौका सहित सर्वाधिक ५७ रनको योगदान दिए।
यसपछि धुर्व जुरेलले अविजित अविजित ३१ र सिम्रोन हेटमेर अविजित १२ रनमा रहँदै टोलीलाई ६ विकेटको जित दिलाए। बलिङमा चेन्नईका रविचन्द्रन आश्विनले २ विकेट लिए।
त्यसअघि अरुण जैटली स्टेडियममा भएको खेलमा राजस्थानले टस जितेर फिल्डिङ रोज्यो। चेन्नईले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १ सय ८७ रनको योगफल तयार पार्यो।
चेन्नईका डेभोन कोनवे १० रनमा र उर्भिल पटेल रनको खाता नखोली आउट भए। यतिखेर चेन्नईले १२ रन मात्र बनाएको थियो। यसपछि आयुष महात्रे र रविचन्द्रनले तेस्रो विकेटको लागि ५६ रनको साझेदारी गरे।
२० बल खेल्दै ८ चौका र १ छक्का प्रहार गर्दै आयुषले ४३ रनको पारी खेले। यसपछि डिवाल्ड ब्रेभिसले २५ बलमा ४२ रन जोडे। उनले २ चौका र ३ छक्का प्रहार गरे।
यस्तै शिवम दुबेले ३९ र महेन्द्र सिंह धोनीले १६ रन बनाए। बलिङमा आकाश मधवाल र युद्धवीर सिंहले समान ३ विकेट लिए।
लिग चरणबाट बाहिरिसकेका राजस्थानले यो जितमा ८ अंक बनाएको छ। चेन्नईसँग ६ अंक रहेको छ। चेन्नई लिगको पुछारमा र राजस्थान नवौं स्थानमा छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]