default_image

7 months ago

May 21, 2025

महिला क्रिकेट टोली स्वदेश फर्कियो

527 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- आइसिसी महिला टि-ट्वान्टी वर्ल्ड कप एसिया क्वालिफायरमा ऐतिहासिक सफलता प्राप्त गर्दै नेपाली राष्ट्रिय महिला टोली आज स्वदेश फर्किएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ महिला टोली लाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र प्रवक्ता छुम्पी लामाले स्वागत गरे।

चोटको कारण यो पटक टोली बाहिर रहेकी सीता राना मगर र पूव राष्ट्रिय खेलाडी करुणा भण्डारी पनि खेलाडीलाई स्वागत गर्न र खुशी साट्न पुगेका थिए। लामो समयसँगै खेलेका सीता र रुविना क्षेत्री भावुक समेत बने।

१८ वर्षमा यो सफलता खेलाडीको मिहिनेत र पछिल्लो समयको आलोचनाको प्रतिफल भएको कप्तान इन्दु बर्माले बताइन्।

टोलीकी सबैभन्दा सिनियर खेलाडी तथा पूर्व कप्तान रुविनाले यो खुशीलाई शब्दमा बयान गर्न नसक्ने प्रतिक्रिया दिइन्।

सुपर थ्रीमा युएईलाई ५ विकेटले हराउँदै नेपाल पहिलो पटक ग्लोबल क्वालिफायरमा छनोट भएको थियो।

तीन समुहबाट सुपर थ्रीमा पुगेका नेपाल, थाइल्याण्ड र युएई मध्यै शीर्ष दुई टोली ग्लोबल छनोटमा पुग्ने नियम अनुसार नेपाल र आयोजक थाइल्याण्ड छनोट हुन सफल भएका हुन्। उपाधि भिडन्तमा भने नेपाल थाइल्याण्डसँग हारेको थियो।

ग्लोबल क्वालिफायरमा १० राष्ट्रबीच विश्व कप प्रवेशको लागि प्रतिस्पर्धा हुनेछ। एसियाबाट नेपाल र थाइल्याण्डसँगै अमेरिकाजबाट युएसए र २०२४ को विश्वकपबाट स्कटल्याण्ड र बङ्गलादेशले ग्लोबल क्वालिफायर खेल्ने निश्चित भएको छ।

अब युरोपबाट २, अफ्रिकाबाट २ र इस्ट एसिया प्यासिफिकबाट १ गरी ५ राष्ट्र छनोट हुनेछन्। १० राष्ट्रलाई दुई समुहमा विभाजन गरिनेछ। प्रत्येक समूहको दुई शीर्ष टोली २०२६ को जुनमा इङ्गल्याण्डमा हुने विश्व कपको लागि छनोट हुनेछन्।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.