7 months ago
May 21, 2025
एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफमा प्रवेश गरेको छ। यो सँगै प्ले अफ पुग्ने चार टिमको टुंगो लागेको छ।
आज मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले हरायो। यो जितमा मुम्बई प्ले अफ पुग्ने चौथो टिम बन्यो। मुम्बई प्ले अफमा पुगेको यो ११ औं पटक हो।
यसअघि गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैगलुरु र पन्जाब किङ्स प्ले अफमा पुगिसकेका छन्। हारमा दिल्ली लिग चरणबाट बाहिरिएको छ।
जितको लागि १ सय ८१ रनको चुनौती पछाएको दिल्ली १८.२ ओभरमा १ सय २१ रनमा अल आउट भयो। कमजोर सुरुवात गरेको मुम्बईका कप्तान फाप डु प्लेसिस र अभिषेक पोरेल समान ६ रनमा आउट भए।
केएल राहुल पनि ११ रनमा समेटिए। ३ विकेटको नोक्सानीमा दिल्लीले २७ रन मात्र बनायो। प्ले अफ पुग्न जित्नैपने यो खेलमा दिल्लीका ब्याटरले निराशाजनक प्रदर्शन गरे।
समिर रिज्भीले सर्वाधिक ३९ रन बनाए। विपराज निगमले २० र आशुतोष शर्माले १८ रन जोडे। अन्यले दोहोरो अंकमा रन छुन सकेनन्।
बलिङमा मिचेल स्यान्टनरले ४ ओभर बलिङ गर्दै मात्र ११ रन दिएर महत्वपूर्ण ३ विकेट लिए। जसप्रति बुमराहले ३ ओभर २ बलमा १२ रन खर्चेर ३ विकेट नै लिए।
त्यसअघि दिल्लीले टस जितेर फिल्डिङ रोजेको थियो। मुम्बईले पहिला ब्याटिङ गर्दै सूर्यकुमार यादवको अर्धशतकमा १ सय ८० रन बनाएको छ।
५८ रन जोड्दा ३ विकेट गुमाई सकेको मुम्बईका लागि सूर्यकुमार र तिलक बर्माले उकासेका थिए। उनीहरुले चौथो विकेटका लागि ५५ रनको साझेदारी गरे।
४३ बल खेलेका सूर्यकुमारले ७ चौका र ६ चौकामा नटआउट सर्वाधिक ७४ रन बनाए । तिलकले २७, ओपनर रायन रिकिल्टनले २५, अर्का ओपनर रोहित शर्माले ५ , कप्तान हार्दिक पाण्डेयले ३ रन जोडे।
नमन धिरले नटआउट २७ रन बनाए । बलिङमा मुकेश कुमारले २ विकेट लिए। जितमा मुम्बईले १३ खेलबाट १७ अंक बनायो। दिल्लीसँग १३ अंक मात्र छ।
यो पटक दिल्लीसँगै कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स लिग चरणबाट बाहिरिएका छन्।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]