default_image

7 months ago

May 22, 2025

लखनउले गुजरातको‌ सामना गर्ने

566 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज लिगको शीर्षस्थानमा रहेको गुजरात टाइटन्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।

खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।
यी दुई टोली फरक लक्ष्यसहित मैदान उत्रनेछन्। गुजरात जितका साथ शीर्ष दुईमा रहने संभावनालाई मजबुत बनाउन चाहन्छ।

लखनउलाई गुमाउनु बाँकी केही छैन। लिग चरणबाट बाहिरिसकेको कारण युवा खेलाडीलाई बलिङ र ब्याटिङमा मौका दिने योजनामा हुन सक्छ।

गुजरात र लखनउ आइपिएलमा अहिलेसम्म ६ पटक आमने सामने भएका छन्। गुजरातले ४ र लखनउले २ खेल जितेका छन्। जारी सिजनमा लखनउले गुजरातलाई ६ विकेटले हराएको थियो।

गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैगलुरु, पञ्जाब किंग्स र मुम्बई इन्डियन्स प्ले अफमा पुगिसकेका छन्। त्यसैले अब लिगको उत्साहपूर्ण पक्ष भनेको यी ४ टोली लिग तालिकामा कुन स्थानमा रहन्छन् भन्ने नै हो।

१२ खेल खेलेको गुजरात १७ अंक सहित शीर्षस्थानमा छ। समान १२ खेल खेलेका बैगलुरु र पञ्जाब किंग्स समान १६ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छ ।

१३ खेलपछि मुम्बईले १६ अंक बनाएको छ। मुम्बई चौथो स्थानमा छ। आइपिएलको ६४ औं खेलअहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.