7 months ago
May 23, 2025
सुमन अधिकारी, बुटवल
न्यु होराइजन माविले प्रथम मेयर कप विद्यालयस्तरिय क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि जितेको छ ।
बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा गत साता सुरु भएको प्रतियागिताको फाइनलमा कान्ति माविलाई पराजित गर्दै न्यु होराइजन च्याम्पियन बनेको हो।
बुटवल उपमहानगरपालिका वडा नं. १६ मा रहेको नरैनापुर क्रिकेट मैदानमा भएको फाइनलमा न्यु होराइजनले कान्तिलाई ७ विकेटले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको कान्तिले १४.२ ओभरमा मात्र ५८ रन बनाएर अलआउट भयो । त्यसमा १९ रन अतिरिक्त थियो ।
कान्तिका समिर विकले १२ तथा कृष्ण अधिकारीले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंक रन बनाउन सकेनन् । ४ ब्याटरले खाता पनि खोल्न सकेनन् ।
न्यु होराइजनका अब्राहिम अलिले ४, अमिर अर्यालले २, रञ्जीत मौर्य, सुभम खनाल र शुभम पाण्डेले समान विकेट १ विकेट लिए ।
जितका लागि ५९ रनको लक्ष्य पछ्याउँदै न्यु होराइजनले १०.३ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा गर्यो । होराइजनका लागि ओपनर शुभम अर्यालले १४ र सफल भट्टराईले १६ रन जोडे ।

रञ्जित मौर्यले ७ बलमा नटआउट १७ र संगम पाण्डेले ८ रन बनाए । कान्तिका समिर पोखरेल, विशाल मरासिनी र कृष्ण अधिकारीले समान १ विकेट लिए । होराइजनका अबह्रम अलि प्लेयर अफ दि म्याच भए ।
विजेता टोलीले ट्रफीसहित ५० र दोस्रोले ३० हजार रुपैयाँ प्राप्त गर्यो । म्यान अफ दि सिरिज यसैगरि प्रतियोगितामा न्यु होराइजनका अब्राहिम अली म्यान अफ द सिरिज र उत्कृष्ट बलर तथा सोही टोलीका सफल भट्टराई उत्कृष्ट बमयाटर घोषित भए ।
नेपाल क्रिकेट संघ (क्यान) रुपन्देहीको प्राविधिक समन्वय भएको प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवि अर्याल, प्रवक्ता शिव राना, खेलकुद विकास समितिका संयोजक बोनिन पिया, वडा नं. ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठ, १६ का अध्यक्ष कृष्णप्रसाद पौडेल, खेल संयोजक सरोज सिंह क्षेत्री लगायतले पुरस्कार गरे ।
प्रतियोगितामा सामुदायिक १० र संस्थागत ७ गरि १७ टिमले सहभागीता जनाएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]