7 months ago
May 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैगलुरु (आरसिबी) लाई २ सय ३३ रनको चुनौती दिएको छ।
आरसिबीले टस जितेर पहिले फिल्डिङ रोज्यो। हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३२ रन जोड्यो।
उसको लागि इशान किशनको पारी सानदार रहयो। तेस्रो क्रमका उनले ४८ बल खेल्दै ७ चौका र ५ छक्कासहित अविजित ९४ रनको योगदान दिए।
अभिषेक शर्माले ३४ रन जोड्दा अनिकेत बर्माले ३५ रन बनाए। यसैगरी हेनरिक क्लासेनले २४ रन जोडे।
बलिङमा रोमारियो सेपर्डले २ विकेट लिए। यस्तै भुवनेश्वर कुमार, लुङ्गी एनगिडी र सुयश शर्माले १/१ विकेट झारे।
हैदराबाद यो पटक प्ले अफमा पुग्न सकेन। आरसिबी भने पहिलो क्वालिफायर पुग्ने दाउमा छ। आरसिबी १७ अंक सहित दोस्रो स्थानमा छ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]