7 months ago
May 24, 2025
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रवार रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) पराजित भएको छ।
आइपिएलको प्ले अफबाट बाहिरिसकेको सनराइजर्स हैदराबादले आरसिबीलाई ४२ रनले हराएको थियो।
२ सय ३२ रनको विशाल लक्ष्य पछ्याएको आरसिबीले
१९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सकेको थियो ।
यसअघि नै प्ले अफमा पुगिसकेको आरसिबीको पहिलो विकेटका लागि फिल साल्ट र विराट कोहलीले ८० रनको साझेदारी गरेका थिए ।
साल्टले अर्धश बनाएका थिए । ३२ बलमा ४ चौका र ५ छक्कासहित उनले ६२ रन बनाए । कोहलीले २५ बलमा ७ चौका र १ छक्काका साथ ४३ रन जोडेका थिए।
जितेश शर्माले २४, रजत पाटिदारले १८ र मयंक अग्रवालले ११ रन बनाए भने अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
हैदराबादका कप्तान प्याट कमिन्सले ३, इशान मालिंगाले २ विकेट लिएका थिए।
त्यसअघि आरसिबीले टस जितेर पहिले फिल्डिङ रोज्यो। हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो ।
टोलीका इशान किशनको पारी सानदार रहेको थियो। तेस्रो क्रमका उनले ४८ बल खेल्दै ७ चौका र ५ छक्कासहित अविजित ९४ रनको योगदान दिएका थिए ।
अभिषेक शर्माले ३४ रन जोड्दा अनिकेत बर्माले ३५ रन बनाएका थिए । यसैगरी हेनरिक क्लासेनले २४ रन थपेका थिए ।
आरसिबीका रोमारियो सेपर्डले २, भुवनेश्वर कुमार, लुङ्गी एनगिडी र सुयश शर्माले समान १ विकेट लिएका थिए ।
पहिलो क्वालिफायर पुग्ने आरसिबीको योजनामा धक्का लागेको छ । आरसिबी १७ अंक सहित तेस्रो स्थानमा छ। समान अंकको पन्जाब किङ्स दोस्रो र १८ अंकसहित गुजरात टाइटन्स शीर्ष स्थानमा छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]