default_image

7 months ago

May 24, 2025

दिल्लीलाई प्रतिस्पर्धात्मक लक्ष्य

614 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई २ सय ७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ६ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो ।

पञ्जाबका लागि कप्तान श्रेयस अय्यरले ३४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय इनिङ खेले ।

मार्कस स्टोइनेस १६ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४४ रनमा नट आउट रहे । विप्रराज निगमको बलमा स्टम्पिङ आउट हुनु पुर्व जोस इग्लिसले १२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रन जोडे ।

निगमकै बलमा बोल्ड आउट भएका ओपनर प्रभसिमरन सिंहले १८ बलको सामना गरेर २८ रन जोड्न सफल भए । अर्का ओपनर प्रियाशं आर्य दोस्रो ओभरमा ६ रन जोड्दै आउट भए । निहाल बढेराले १६ बलमा १६ रन जोडे ।

दिल्लीका लागि मुस्ताफिजुर रहमानले ३, कुलदिप यादव र विप्रराजले समान २ तथा मुकेश कुमारले १ विकेट लिए । दिल्ली यो सिजनको अन्तिम खेल खेल्दै छ ।

जितका साथ सिजनको समाप्त गर्ने लक्ष्यमा दिल्ली रहेको छ । यस खेलमा जित हात पार्दै शीर्ष २ मा रहँदै पहिलो क्वालिफायर खेल्ने लक्ष्यमा पञ्जाब रहेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.