default_image

7 months ago

May 24, 2025

दिल्लीले पञ्जाबलाई हरायो

1819 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ ।

राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा शनिवार भएको खेलमा दिल्ली ६ विकेटले विजयी भयो । २ सय ७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिल्लीले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीक समिर रिजवीले २५ बलमा ३ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ खेले ।

करुण नायरले २७ बलमा ५ चौका र २ छक्काको सहयोगमा ४४ रन जोडे । ट्रिस्टन स्टब्स १४ बलमा २ चौकाको सहयोगमा १८ रनमा नट आउट रहे ।

ओपनर केएल राहुलले २१ बलको सामना गर्दै ६ चौका र १ छक्काको सहयोगमा ३५ रनमा आउट भए । यसै खेलमा आइपिएल डेब्यु गरेका सेदिकुल्लाह अतल १६ बलमा २ छक्काको सहयोगमा २२ रनमा आउट भए । ओपनर समेत रहेका कप्तान फाफ डु प्लेसिसले १५ बलमा २३ रन जोडे ।

पञ्जाबका हप्रित ब्रारले २ तथा मार्को यानसन र प्रविण दुवेले समान १ विकेट लिए ।

त्यसअघि दिल्लीले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ६ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो ।

पञ्जाबका लागि कप्तान श्रेयस अय्यरले ३४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय इनिङ खेले ।

मार्कस स्टोइनेस १६ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४४ रनमा नट आउट रहे । विप्रराज निगमको बलमा स्टम्पिङ आउट हुनु पूर्व जोस इग्लिसले १२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रन जोडे ।

निगमकै बलमा बोल्ड आउट भएका ओपनर प्रभसिमरन सिंहले १८ बलको सामना गरेर २८ रन जोड्न सफल भए । अर्का ओपनर प्रियाशं आर्य दोस्रो ओभरमा ६ रन जोड्दै आउट भए । निहाल बढेराले १६ बलमा १६ रन जोडे ।

दिल्लीका लागि मुस्ताफिजुर रहमानले ३, कुलदिप यादव र विप्रराजले समान २ तथा मुकेश कुमारले १ विकेट लिए ।

जितका साथ सिजनको अन्तिम खेलमा जित निकाल्दै दिल्लीले सिजनको सुखद अन्त्य गरेको छ । पञ्जाबको शीर्ष २ मा रहँदै पहिलो क्वालिफायर खेल्ने लक्ष्यमा धक्का लागेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.