default_image

7 months ago

May 25, 2025

गुजरातमाथि चेन्नईको सहज जित

955 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सलाई सहजै हराएको छ ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा आज भएको पहिलो खेलमा चेन्नई ८३ रनले विजयी भयो ।

२ सय ३१ रनको लक्ष्य पछ्याएको गुजरात १८.३ ओभरमा १ सय ४७ रनमा अल आउट भयो । गुजरातका ओपनर साई सुदर्शनले २८ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४१ रन जोडे ।

शाहरुख खान १५ बलमा १९, कप्तान शुभमन गिल १३ तथा राशिद खान १२ रनमा आउट भए । राहुल तेवातिया १४ र अर्शद खान २० रनमा आउट भए ।

चेन्नईका अन्शुल कम्बोज र नुर अहमदले समान ३, रविन्द्र जडेजाले २ तथा मथिशा पथिराना र खलिल अहमदले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो ।

चेन्नईका लागि डेवाल्ड ब्रेभिस र डेभोन कन्वेले अर्धशतक बनाए । ब्रेभिसले २३ बलमा ४ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ५७ रन बनाए ।

कन्वेले ३५ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५२ रन जोडे । उर्विल पटेल १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३७ रनमा आउट भए ।

ओपनर आयुष महेत्र १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३४ रनमा आउट भए । शिभम दुवेले ८ बलमा १७ रन बनाए । रविन्द्र जडेजा १८ बलमा १ चौका र १ छक्काको सहयोगमा २१ रनमा अविजित रहे ।

गुजरातका लागि प्रसिद्ध कृष्णाले २ तथा साई किशोर, राशिद खान र साहरुख खानले समान १ विकेट लिए ।

गुजरात लिग चरणको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान पक्का गर्नबाट चुकेको छ ।

जितका साथ सिजनको समाप्ति गरेको चेन्नई लिगको अन्तिम स्थानमा छ । आजै कोलकाता नाइटराईडर्स र सनराइजर्स हैदराबादबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.