default_image

7 months ago

May 25, 2025

कोलकातालाई विशाल लक्ष्य

1182 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराईजर्स हैदराबादले कोलकाता नाइटराइडर्सविरुद्ध २ सय ७९ रनको विशाल लक्ष्य दिएको छ ।

दिल्लीको अरुण जेट्ली क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ७८ रन बनाएको छ ।

हैदराबादका हेनरिक क्लासनले शतक बनाए । ३९ बलमा ७ चौका र ९ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले ।

ओपनर ट्राभिस हेडले ४० बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७६ रनको अर्धशतक बनाए । अर्का ओपनर अभिषेक शर्मा १६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३२ रनमा आउट भए । इशान किशन २० बलमा ४ चौका र १ छक्काको सहयोगमा २९ रनमा आउट भए ।

कोलकाताका सुनिल नारायणले २ तथा वैभव अरोराले १ विकेट लिए । प्लेअफ दौडबाट बाहिरिसकेका दुवै टोली लिगको अन्तिम खेलमा जितको खोजीमा रहेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.