7 months ago
May 27, 2025
एजेन्सी – भारतमा जारी इण्डियन प्रिमियर लिग(आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुले लखनउ सुपर किंग्सविरुद्ध टस जितेको छ ।
लखनउको घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा बेंगलुरुका कप्तान जितेश शर्माले टस जितेर बलिङ रोजेका हुन् ।
लखनउ १३ खेलमा १२ अंकका साथ प्लेअफबाट बाहिरिसकेको छ । बेंगलुरुविरुद्ध खेल जित्दै लखनउ छैठौं स्थानमा रहेर यस संस्करणको समाप्ती गर्न चाहान्छ ।
उता, प्लेअफमा स्थान पक्का गरि सकेको बेंगलुरु लखनउलाई हराउदै पहिलो क्वालिफायरमा स्थान बनाउन चाहन्छ । यदी यस खेलमा बेंगलुरु पराजित भएमा गुजरात टाइटन्सले पहिलो क्वालिफायर स्थान बनाउँने छ । भने, बेंगलुरुले मुम्बई इण्डियन्ससँग इलिमिनेटर खेलमा स्थान पक्का गर्ने छ ।
सोमबार भएको खेलमा मुम्बईलाई पराजित गरेको पञ्जाबले पहिलो क्वालिफायरमा स्थान पक्का गरेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]