7 months ago
May 27, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कप्तान ऋषभ पन्तको शतकमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) लाई २ सय २८ रनको विशाल लक्ष्य दिएको छ ।
घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा टस जितेर आरसिबीले फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको छ।
कप्तान पन्तले शतकीय इनिङ खेले । पन्तले ६१ बलमा ११ चौका र ८ छक्काको सहयोगमा नट आउट १ सय १८ रन बनाए ।
पन्तले दोस्रो विकेटका लागि ओपनर मिचेल मार्शसँग १ सय ५२ रनको साझेदारी गरे । मार्शले ३७ बलमा ४ चौका र ५ छक्कासहित ६७ रनको अर्धशतकीय इनिङ खेले ।
अर्का ओपनर म्याथ्यु ब्रेट्ज्के १२ बलमा १४ रन बमाए । निकोलस पुरन १० बलमा १ चौकाको सहयोगमा १३ रनमा आउट भए । आरसिबीका लागि रोमारियो शेफर्ड, नुवान तुषारा र भुवनेश्वर कुमारले समान १ विकेट लिए ।
लखनउ प्लेअफबाट बाहिरिसकेको छ । प्लेअफमा पुगिसकेको आरसिबी लखनउलाई हराउँदै पहिलो क्वालिफायर पुग्ने प्रयासमा हुनेछ ।
आरसिबीले यो खेल हारेमा गुजरात टाइटन्सले पहिलो क्वालिफायर पुग्नेछ । त्यो अवस्थामा आरसिबीले मुम्इबई इण्डियन्ससँग इलिमिनेटर खेल्नु पर्नेछ।
सोमवार मुम्बईलाई पराजित गरेको पञ्जाब किङ्स पहिलो क्वालिफायरमा पुगिसकेको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]