7 months ago
May 28, 2025
एजेन्सी – लिगको अन्तिम खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा पुगेको छ ।
लखनउको घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा मंगलवार आरसिबीले लखनउलाई ६ विकेटले हरायो । २ सय २८ रनको विशाल लक्ष्य आरसिबीले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

आरसिबीको जितमा कप्तान जितेश शर्मा र विराट कोहलीले अर्धशतकीय इनिङ खेले । कप्तान शर्माले ३३ बलमा ८ चौका र ६ छक्काको सहयोगमा अविजित ८५ रनको योगदान गरे। कोहलीले ३० बलमा १० चौका सहित ५४ रन जोडे ।

मंयक अग्रवाल २३ बलमा ५ चौकाको सहयोगमा ४१ रनमा नट आउट रहे । पाँचौ विकेटका लागि कप्तान शर्मा र अग्रवालले १ सय ७ रनको नट आउट विजयी साझेदारी गरे ।
ओपनर फिल साल्ट १९ बलमा ३० तथा रजत पाटिदार ७ बलमा १४ रनमा आउट भए । लखनउका विल ओरुकले २ तथा आवेस खान र आकाश सिंहले समान १ विकेट लिए ।
त्यसअघि टस आरसिबीले टस जितेर ब्याटिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो ।
लखनउका कप्तान ऋषभ पन्तले शतकीय इनिङ खेले । पन्तले ६१ बलमा ११ चौका र ८ छक्काको सहयोगमा नट आउट १ सय १८ रन बनाए ।

पन्तले दोस्रो विकेटका लागि ओपनर मिचेल मार्शसँग १ सय ५२ रनको साझेदारी गरे । मार्शले ३७ बलमा ४ चौका र ५ छक्कासहित ६७ रनको अर्धशतकीय इनिङ खेले ।
अर्का ओपनर म्याथ्यु ब्रेट्ज्के १२ बलमा १४ रन बनाए । निकोलस पुरन १० बलमा १ चौकाको सहयोगमा १३ रनमा आउट भए । आरसिबीका लागि रोमारियो शेफर्ड, नुवान तुषारा र भुवनेश्वर कुमारले समान १ विकेट लिए ।
लखनउ प्लेअफबाट बाहिरिसकेको थियो । विजयी आरसिबीले लिगको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको छ । अब फाइनल प्रवेशका लागि आरसिबीले बिहीवार पञ्जाब किंग्ससँग खेल्नेछ ।
आरसिबीकाे जितसँगै गुजरात टाइटन्सले इलिमिनेटर खेल्नु पर्ने भएकाे छ । गुजरातले शुक्रवार मुम्बई इण्डियन्ससँग इलिमिनेटर खेल्नेछ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]