default_image

7 months ago

May 28, 2025

चितवन यु-१९ च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने

673 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद)- चितवन यु-१९ च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

चितवन जिल्ला क्रिकेट संघको आयोजना र सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर प्रालिको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता जेठ २१ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा सुरु हुनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजनका लागि आज नै क्रिकेट संघ र सेन्ट्रल कलेजबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ । संघका अध्यक्ष सुदिप पिया र सेन्ट्रल कलेज अध्यक्ष यज्ञ विलास (वाइवी) पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

पौडेलले चितवन र आसपासका जिल्लामा हुने खेलकुद गतिविधिमा सेन्ट्रल कलेजले सधै सहकार्य गर्दै आइरहेको स्मरण गर्दै युवा खेलाडीको प्रतिभा उजागर गर्ने प्रतियोगितालाई पनि साथ दिने बताए । उनले क्रिकेट संघसँग सदैव सहकार्य गर्दै अघि बढ्ने विश्वास दिलाए ।

चितवन क्रिकेट संघका अध्यक्ष पियाले सेन्ट्रल कलेजको साथले यो प्रतियोगिता गर्न सम्भव भएको भन्दै सहकार्यका लागि धन्यवाद दिए ।

प्रतियोगितामा सहभागिताको लागि खेलाडी दर्ता खुला गरिएको छ । जेठ १७ गते भित्रमा नाम दर्ता गराउने खेलाडीलाई विभिन्न टिममा विभाजन गरिनेछ । प्रतियोगिता टि ट्वान्टी फर्म्याटमा हुने आयोजकले जनाएको छ ।

विजेता टोलीले ट्रफी, उत्कृष्ट खेलाडीले क्रिकेट किट ब्याग, उत्कृष्ट ब्याटरले ब्याट र उत्कृष्ट बलरले बलिङ जुत्ता प्राप्त गर्ने बताइएको छ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.