7 months ago
May 29, 2025
एजेन्सी – पाकिस्तानले पहिलो टि ट्वान्टी आईमा बंगलादेशलाई पराजित गरेको छ ।
लाहोरस्थित गद्दाफी क्रिकेट मैदानमा बुधवार भएको खेलमा घरेलु टोली ३७ रनले विजयी भएको हो । ३ खेलको सिरिजमा पाकिस्तानले १-० को अग्रता लिएको छ ।
२ सय २ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.२ ओभरमा १ सय ६४ रनमा समेटियो । बंगलादेशका लागि कप्तान लिटन दासले ३० बलमा १ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४८ रन जोडे ।
जाकिर अलिले २० बलमा १ चौका र ३ छक्काको सहयोगमा ३६ रन बनाए । ओपनर तान्जिद हसन ३१ मा आउट हुँदा हसन मुहमद ९ रनमा नट आउट रहे ।
पाकिस्तानका हसन अलिले ३.२ ओभरमा ३० रन खर्चिएर ५ विकेट लिए । शादब खानले २ तथा फहिम असरफ, खुसदिल साह र सलमान आगाले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १ रन बनाएको थियो।
पाकिस्तानका कप्तान सलमान आगाले ३४ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५६ रनको अर्धशतकीय इनिङ खेले ।
शादब खान २५ बलमा ५ चौका र २ छक्काको सहयोगमा ४८ रनमा आउट भए । हसन नवाज २२ बलमा २ चौका र ४ छक्काको सहयोगमा ४४ रनमा आउट भए । मोहम्मद हरिस ३१ रनमा आउट हुँदा फहिम असरफ ११ रनमा आउट भए ।
बंगलादेशका लागि शरिफुल इस्लाम २ तथा मेहेदी हसन, हसन मुहमद, तान्जिम हसन शाकिब, रिसाद होसैन र समिम होसैनले समान १ विकेट लिए । दोस्रो टि ट्वान्टी आई शुक्रवार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]