7 months ago
May 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टुमा नेपालसँग खेल्ने नेदरल्याण्ड्सको टोली घोषणा भएको छ ।
बुधबार नेदरल्याण्ड्स क्रिकेट बोर्डले स्कट एडवार्डसको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । लिग टुको आफ्नो चौथो राउण्डको खेलका लागि स्कटल्याण्डमा रहेको नेपाली टोलीले घरेलु टोली र नेदरल्याण्ड्सको सामना गर्नेछ ।
जेठ २१(४ जुन) र जेठ २७(जुन १०) मा नेपाल र नेदरल्याण्ड्सको खेल रहेको छ ।
८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज समेत हो । यस सिरिजका क्रममा हरेक टोलीले हरेकसँग ३ खेल खेल्नेछ ।
लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफमा स्थान बनाउँने छन् । नेपाल १२ खेलमा ६ अंकका साथ लिगको पुछारमा रहेको छ । चौथो राउण्डमा नेपालसँग खेल्ने स्कटल्याण्ड १६ खेलमा २० अंकका साथ चौथो स्थानमा छ । नेदरल्याण्ड्स भने २० खेलमा २६ अंकका साथ दोस्रो स्थानमा छ ।
लिग टुको चौथो राउण्डमा नेपालको खेल तालिका यसप्रकार छ :
१) जेठ १९(जुन २) गते सोमबार स्कटल्याण्डविरुद्ध
२) जेठ २१(जुन ४) गते बुधबार नेदरल्याण्ड्सविरुद्ध
३) जेठ २५(जुन ८) गते आईतबार स्कटल्याण्डविरुद्ध
४) जेठ २७(जुन १०) गते मंगलबार नेदरल्याण्ड्सविरुद्ध
लिग टु को खेल पछि असार १(१५ जुन) गते आइतबारबाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।
नेदरल्याण्ड्सको टोली
शरिज अहमद, वेस्ली बारेसी, नुहा क्रुस, आर्यन दत्त, स्कट एडवर्ड्स(कप्तान), बेन फ्लेचर, भिभिय किंग्मा, काइल क्लेन, माइकल लेविट, जाच लायन काक्हेट, पल भ्यान मेकरेन, रोफेल भान डर मिर्वो, तेजा निदामनुरु, म्याक्स ओडाउड, विक्रम सिंह
नेपाली टोली
रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]