7 months ago
May 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दक्षिण अफ्रिका पूर्व क्रिकेटर निक पोथास नेपाली पुरुष क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टोलीको स्कटल्याण्ड भ्रमणका लागि पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकका रुपमा नियुक्त गरेको जनाएको छ ।
पोथासले सन् २००० मा टोलीको पाकिस्तान भ्रमणका क्रममा ३ ओडिआई खेल खेलेका थिए । पोथासले वेस्ट इण्डिज तथा श्रीलंकाको अन्तरिम मुख्य प्रशिक्षकको जिम्मेवारी समेत पूरा गरि सकेका छन् ।
पोथास पछिल्लो समयमा बंगलादेश क्रिकेट टिमको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहेका थिए । नेपाली टोली हाल विश्वकप लिग टु को आफ्नो चौथो राउण्डको खेलका लागि स्कटल्याण्डमा रहेको छ । स्कटल्याण्ड भ्रमणका क्रममा नेपालले घरेलु टोली तथा नेदरल्याण्ड्सको सामना गर्नेछ ।

December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]