default_image

7 months ago

May 29, 2025

आइपिएल – फाइनल प्रवेशका लागि आरसिबी र पञ्जाब खेल्दै

1278 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं संस्करणको फाइनल प्रवेशका लागि आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) खेल्दैछन् ।

मुलानपुरमा हुने पहिलो क्वालिफायरको खेल नेपाली समय अनुसार बिहीवार बेलुका ७ः४५ बजे सुरु हुनेछ । आइपिएलको लिग चरणको शीर्ष टोली पञ्जाब र दोस्रो भएको आरसिबीबीच पहिलो क्वालिफायरमा भेट हुन लागेको हो ।

यो सिजमा पञ्जाब र आरसिबीबीच हुन लागेको तेस्रो भेट हो । यसअघिको भेटमा पञ्जाब र आरसिबीले समान १ खेल जितेका थिए । दुवै टोली अबे खेलमा जित हात पारेका थिए ।

पञ्जाबको घरेलु मैदानमा हुन लागेको यो खेलमा आरसिबीलाई बलियो मानिएको छ । यो सिजनमा खेलेका ७ अबे खेलमा नै आरसिबीले जित हासिल गरेको छ ।

पञ्जाब र आरसिबीबीचको खेलको विजेताले आइपिएलको फाइनलमा स्थान बनाउँने छ । पराजित ह टोलीले फाइनल प्रवेशका लागि फेरि मौका पाउने छ । आज पराजित हुने टोलीले शुक्रवार हुने इलिमिनेटर खेलको विजयी टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ ।

शुक्रवार हुने इलिमिनेटर खेलमा गुजरात टाइटन्सले मुम्बई इण्डियन्सको सामना गर्नेछ । आरसिबी र पञ्जाबबीच हालसम्म ३५ खेल भएका छन् । पञ्जाबले १८ खेलमा जित हात पार्दा १७ खेलमा आरसिबी विजयी भएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.