default_image

7 months ago

May 30, 2025

इङ्ग्ल्याण्डद्वारा वेस्ट इण्डिज पराजित

746 views

0 Bookmark

एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले पाहुना टोली वेस्ट इण्डिजलाई पहिलो ओडिआई खेलमा पराजित गरेको छ ।

बिहीबार राती भएको खेलमा वेस्ट इण्डिजमाथि घरेलु टोलीले २ सय ३८ रनको फराकिलो जित हात पारेको हो । जितसँगै घरेलु टोलीले ३ खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ । ४ सय १ रनको लक्ष्य पछ्याएको पाहुना टोली वेस्ट इण्डिज २६.२ ओभरमा १ सय ६२ रनमा समेटियो ।

वेस्ट इण्डिजका लागि जयडेन सेल्सले नट आउट रहँदै १४ बलमा सर्वाधिक २९ रन जोडे । कप्तान शाइ होप २५, केसी कार्टी २२, गुणकेश मोटी १८, अमिर जान्जो १४ तथा अल्जारी जोसेफ १२ रनमा आउट भए ।

घरेलु टोलीका लागि जेमी ओभरटर्न र सकिब मोहम्मदले समान ३, आदिल राशिदले २ तथा ज्याकोब बेथहेल र ब्रायडन कार्सले समान १ विकेट लिए ।

त्यसअघि बर्मिङ्घममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ४ सय रनको विशाल योगफल तयार गरेको थियो । इङ्ग्ल्याण्डका लागि ७ नम्बरसम्मका ब्याटरले ३० रन माथिको स्कोर गरेका थिए ।

इङ्ग्ल्याण्डका ४ ब्याटरले अर्धशतक पूरा गरेका थिए । इङ्ग्ल्याण्डका लागि ज्याकोब बेथहेल, बेन डकेट, कप्तान ह्यारी ब्रुक र जो रुटले अर्धशतक पूरा गरे । बेथहेलले ५३ बलमा ८ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ८२ रन जोडे ।

डुकेट ४८ बलमा ६०, कप्तान ब्रुक ५८ र रुट ६५ बलमा ५७ रनमा आउट भए । विल ज्याक्स ३९ तथा जस बटलर र जेमी स्मिथ समान ३७ रनमा आउट भए । वेस्ट इण्डिजका लागि जयडेन सेल्सले ४ तथा जस्टिन ग्रेभ्स र अल्जारी जोसेफले समान २ विकेट लिए ।

३ खेलको ओडिआई सिरिजको दोस्रो खेल आगामी आइतबार रहेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.