default_image

7 months ago

May 30, 2025

नेपाल पराजित

1931 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टुमा चौथो चरणको खेलका लागि स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्याण्ड ‘ए’ सँग पराजित भएको छ ।

बिहीबार भएको खेलमा नेपाल स्कटल्याण्ड ‘ए’ सँग १ सय २ रनको फराकिलो अन्तरले पराजित भएको हो । हारसँगै २ खेलको अभ्यास सिरिजमा स्कटल्याण्ड ‘ए’ ले १-० को अग्रता बनाएको छ ।

२ सय २१ रनको लक्ष्य पछ्याएको नेपाली टोली १ सय १८ रनमा समेटियो । दोस्रो अभ्यास खेल जेठ १७(मे ३१) गते शनिबार रहेको छ ।

लिग टु काे चौथो राउण्डमा नेपालले घरेलु टोली स्कटल्याण्ड र नेदरल्याण्ड्सको सामना गर्दैछ । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज समेत हो । यस सिरिजका क्रममा हरेक टोलीले हरेकसँग ३ खेल खेल्नेछ ।

लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफमा स्थान बनाउँने छन् ।

नेपाल १२ खेलमा ६ अंकका साथ लिगको पुछारमा रहेको छ । चौथो राउण्डमा नेपालसँग खेल्ने स्कटल्याण्ड १६ खेलमा २० अंकका साथ चौथो स्थानमा छ । नेदरल्याण्ड्स भने २० खेलमा २६ अंकका साथ दोस्रो स्थानमा छ ।

लिग टुको चौथो राउण्डमा नेपालको खेल तालिका यसप्रकार छ :

१) जेठ १९(जुन २) गते सोमबार स्कटल्याण्डविरुद्ध
२) जेठ २१(जुन ४) गते बुधबार नेदरल्याण्ड्सविरुद्ध
३) जेठ २५(जुन ८) गते आईतबार स्कटल्याण्डविरुद्ध
४) जेठ २७(जुन १०) गते मंगलबार नेदरल्याण्ड्सविरुद्ध

लिग टु को खेल पछि असार १(१५ जुन) गते आइतबारबाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।

नेपाली टोली

रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.