7 months ago
May 30, 2025
एजेन्सी – भारतमा जारी १८औं संस्करणको इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज इलिमिनेटर खेल हुदैछ ।
आज हुने इलिमिनेटर खेलमा मुम्बई इण्डियन्स र गुजरात टाइटन्स एकआपसमा खेल्दैछन् । न्यु चण्डिगढको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ मा सुरु हुनेछ ।
गुजरात लिग चरणमा तेस्रो तथा मुम्बई चौथो भएर एलिमिनेटर खेल्दैछन् । यो सिजनमा मुम्बई र गुजरात तेस्रो पटक आमने सामने हुदैछन् । यसअघि भएका दुवै भेटमा गुजरात विजयी भएको थियो ।
मुम्बई र गुजरातबीचको खेलमा विजेता रहने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउने छ । दोस्रो क्वालिफायरमा बिहीबार भएको पहिलो क्वालिफायरको पराजित पञ्जाब किंग्सको सामना गर्नेछ । आजको खेलमा विजयी हुने टोलीले आइतबार अहमदाबादमा पञ्जाबको सामना गर्नेछ ।
दोस्रो क्वालिफायरको विजेताले रोयल च्यालेन्जर्स बेंगलुरु(आरसिबी) सँग उपाधीका लागि खेल्नेछ । पहिलो क्वालिफायरमा पञ्जाबलाई ८ विकेटले पराजित गरेको ले फाइनल प्रवेश गरेको थियो ।
गुजरात र मुम्बईले हालसम्म ७ खेल भएका छन् । जसमध्ये ५ खेलमा गुजरात तथा २ खेलमा मुम्बई विजेता भएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]