7 months ago
May 31, 2025
एजेन्सी – इलिमिनेटरमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा पुगेको छ ।
पञ्जाबको न्यु चण्डिगढस्थित महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज इलिमिनेटरमा मुम्बईले गुजरातलाई २० रनले हरायो । मुम्बईले दोस्रो क्वालिफायरमा पञ्जाब किङ्सको सामना गर्नेछ।
२ सय २९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन मात्र बनाउँन सक्यो ।
गुजरातका ओपनर साई सुदर्शनले ४९ बलमा १० चौका र १ छक्काको सहयोगमा सर्वाधिक ८० रन जोडे पनि टोलीको हार टार्न सकेनन् ।
तेस्रो विकेटका लागि साईले वासिङ्गटन सुन्दरसँग ८४ रनको साझेदारी गरे । सुन्दरले २४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४८ रन जोेडे ।
कुशल मेन्डिस १० बलमा २०, शरर्फन रादरफोर्ड १५ बलमा २४ रनमा आउट भए । शाहरुख खान १३ बलमा आउट हुँदा राहुल तेवातिया १६ रनमा नट आउट रहे ।
मुम्बईका लागि ट्रेन्ट बोल्डले २, अश्विनी कुमार, जसप्रित बुमराह, रिचार्ड गिल्सन र मिचेल स्यान्टेनरले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो।
मुम्बईका लागि रोहित शर्माले ८१ रनको अर्धशतकीय इनिङ खेले । उनले ५० बलमा ९ चौका र ४ छक्का प्रहार गरे ।
पहिलो विकेटका लागि रोहितले जोनी ब्रेयस्ट्रोसँग ८४ रनको साझेदारी गरे । ब्रेयस्ट्रोले २२ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन जोडे ।
दोस्रो विकेटका लागि रोहित र सूर्यकुमार यादवसँग ५९ रनको साझेदारी गरे । सूर्यकुमार २० बलमा १ चौका र ३ छक्काका साथ ३३ रन बनाए ।
तिलक बर्मा ११ बलमा ३ छक्काको सहयोगमा २५ रन बनाएर आउट भए । नमन धिर ६ बलमा ९ रनमा आउट हुँदा हार्दिक पाण्ड्या ९ बलमा २२ रनमा नट आउट रहे ।
गुजरातका लागि साई किशोर, प्रसिद्ध कृष्णाले समान २ तथा मोहम्मद सिराजले १ विकेट लिए ।
दोस्रो क्वालिफायर आइतवार अहमदावादमा हुनेछ । त्यसको विजेताले रोयल च्यालेन्जर्स बेंगलुरु(आरसिबी) सँग उपाधिका लागि खेल्नेछ । पहिलो क्वालिफायरमा पञ्जाबलाई ८ विकेटले पराजित गर्दै आरसिबी फाइनल पुगिसकेको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]