7 months ago
May 31, 2025
एजेन्सी – घरेलु टोली पाकिस्तानले बंगलादेशविरुद्धको टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ ।
दोस्रो टि ट्वान्टी आई शुक्रवार ५७ रनले जितेपछि घरेलु टोलीले ३ खेलको सिरिजमा २-० ले अग्रता लिएको छ । २ सय २ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ ओभरमा १ सय ४४ रनमा समेटियो ।
बंगलादेशका तान्जिम हसन शाकिबले अर्धशतक बनाए । शाकिबले ३१ बलमा १ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ५० रन जोडे ।
तान्जिद हसन ३३ तथा मेहेदी हसन मिराज २३ रनमा आउट भए ।बंगलादेशका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
पाकिस्तानका लागि अर्बार अहमदले ३ तथा हसन अलि, फहिम असरफ, हरिस रउफ, शादाब खान, खुसदिल साह र सैयम अयुवले समान १ विकेट लिए ।
त्यसअघि गद्दाफी क्रिकेट स्टेडियम लाहोरमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।
पाकिस्तानका लागि सहिबजादा फरहान र हसन नवाजले अर्धशतक बनाएका थिए । फरहानले ४१ बलमा ४ चौका र ६ छक्काको सहयोगमा ७४ तथा नवाजले २६ बलमा नट आउट ५१ रन जोडेका थिए ।
मोहम्मद हरिस २५ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४१ रनमा आउट भए । कप्तान सलमान आगा १९ रनमा आउट भए ।
बंगलादेश हसन मोहम्मद र तान्जिम हसन शाकिबले समान २ तथा रिशाद होसैनले १ विकेट लिए । बंगलादेशले पहिलो टि ट्वान्टी आई खेल ३७ रनले गुमाएको थियो । तेस्रो टि ट्वान्टी आई खेल आइतवार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]