default_image

7 months ago

June 2, 2025

मुम्बईलाई हराउँदै पन्जाब आइपिएल फाइनलमा

3297 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) ले यस सिजन नयाँ च्याम्पियन पाउने पक्का भएको छ । आइतबार सुरु भएर सोमबार सम्पन्न दोस्रो क्वालिफायर खेलमा पन्जाब किंग्सले मुम्बई इन्डियन्सलाई पराजित गरेपछि आइपिएलमा नयाँ विजेता बन्ने पक्का भएको हो ।

पन्जाबले मुम्बईलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाउन सफल भयो । मुम्बईले प्रस्तुत गरेको २ सय ४ रनको लक्ष्य पन्जाबले १ ओभर बाँकी रहँदै ५ विकेटको क्षतिमा पूरा गर्यो । पन्जाबले अब उपाधिका लागि मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरको सामना गर्नेछ ।

पन्जाबका लागि कप्तान श्रेयस ऐरले ४१ बलमा ५ चौका र ८ छक्कासहित नटआउट ८७ रनको योगदान दिए । नेहाल वाधेराले २९ बलमा ४८ रनको योअग्दन दिए । नेहाल र श्रेयसले चौथो विकेटका लागि ८४ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ अघि बढाएका थिए ।

ओपनर प्रियांश आर्याले २० रन जोडेका थिए । जोश इंग्लिसले ३८ रनको योगदान दिँदा प्राभ्सिम्रन सिंहले ६ रन बनाए । मुम्बईका अश्वनी कुमारले २ विकेट लिँदा ट्रेन्ट बोल्ट र हार्दिक पान्ड्याले १-१ विकेट हात पारे ।

त्यसअघि मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो । कप्तान रोहित शर्मालाई तेस्रो ओभरमै ८ रनमा गुमाएपछि जोनी बेयरस्टो र तिलक वर्माले ५१ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाए । बेयरस्टोले २४ बलमा ३ चौका र २ छक्कासहित ३८ रन जोडे ।

तिलक र सूर्यकुमार यादवले तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे । सूर्यले २६ बलमा ४ चौका र ३ छक्कासहित ४४ रन जोडे । तिलक पनि १५ औं ओभरमा आउट हुनुअघि २९ बलमा २ चौका र २ छक्कासहित समान ४४ रन बनाउँदै आउट भए ।

नमन धिरले १८ बलमा ७ चौकासहित ३७ रन जोडेसँगै मुम्बईले २ सय रनको आँकडा छुन सफल भएको थियो । कप्तान हार्दिक पान्ड्याले १३ बलमा १५ तथा राज बवाले ४ बलमा ८ रन जोडे ।

पन्जाबका लागि अजमतुल्लाह ओमारजाइले २ तथा काइल जेमीसन, मार्कस स्टोइनस, विजयकुमार वाइसक र युजभेन्द्र चहलले १-१ विकेट लिए ।

पहिलो क्वालीफायरमा पन्जाबलाई ८ विकेटले हराउँदै रोयल च्यालेंजर्स बेंगलोरले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.