default_image

7 months ago

June 2, 2025

इङ्ग्ल्याण्डलाई १ खेल अगावै सिरिज

654 views

0 Bookmark

एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले पाहुना टोली वेस्ट इण्डिजविरुद्धको ओडिआई सिरिज १ खेल अगावै जितेको छ ।

आइतबार भएको दोस्रो ओडिआई खेल ३ विकेटले जितेसँगै घरेलु टोलीले ३ खेलको ओडिआई सिरिजमा २-० को अग्रता बनाएको हो । ३ सय ९ रनको लक्ष्य घरेलु टोलीले ४८.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

इङ्ग्ल्याण्डको जितमा जो रुटले अविजित रहँदै १ सय ६६ रनको सानदार इनिङ खेले । उनले १ सय ३९ बलमा २१ चौका र २ छक्का प्रहार गरे । विल ज्याक्सले ५८ बलमा २ चौकाको सहयोगमा ४९ रन जोडे । ह्यारी ब्रुक ४७ तथा ज्याकोब बेथहेल १७ रनमा आउट हुँदा आदिल राशिद १० रनमा अविजित रहे ।

वेस्ट इण्डिजका लागि अल्जारी जोसेफले ४ तथा रोस्टन चेस, म्याथ्यु फोर्ड र जयडेन सेल्सले समान १ विकेट लिए ।

त्यसअघि इङग्ल्याण्को सोफी ग्राडेन कार्डिफमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिज ४७.४ ओभरमा ३ सय ८ रनमा समेटिएको थियो । वेस्ट इण्डिजका केसी कार्टीले शतकीय इनिङ खेलेका थिए । उनले १ सय ५ बलमा १३ चौकाको सहयोगमा १ सय ३ रन बनाएका थिए ।

कप्तान शाई होप ६६ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ७८ रनमा आउट भएका थिए । ओपनर ब्राण्डन किंग ६७ बलमा १० चौकाको सहयोगमा ५९ रनमा आउट भए । जस्टिन ग्रब्स २२, गुणकेश मोटी १८ तथा अल्जारी जोसेफ १० रनमा आउट भए ।

घरेलु टोलीका लागि आदिल राशिदले ४, सकिब मोहम्मदले ३ तथा विल ज्याक्स, वायडन कार्स र ज्याकेब बेथहेलले समान १ विकेट लिए । पहिलो ओडिआईमा घरेलु टोली २ सय ३८ रनको फराकिलो अन्तरले विजयी भएको थियो ।

दुई देशबीचको तेस्रो ओडिआई खेल मंगलबार रहेको छ । ओडिआई सिरिजपश्चात २ देशबीच ३ खेलको टि ट्वान्टी आई सिरिज हुनेछ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.