default_image

7 months ago

June 2, 2025

इङ्ग्ल्याण्डलाई १ खेल अगावै सिरिज

657 views

0 Bookmark

एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले पाहुना टोली वेस्ट इण्डिजविरुद्धको ओडिआई सिरिज १ खेल अगावै जितेको छ ।

आइतबार भएको दोस्रो ओडिआई खेल ३ विकेटले जितेसँगै घरेलु टोलीले ३ खेलको ओडिआई सिरिजमा २-० को अग्रता बनाएको हो । ३ सय ९ रनको लक्ष्य घरेलु टोलीले ४८.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

इङ्ग्ल्याण्डको जितमा जो रुटले अविजित रहँदै १ सय ६६ रनको सानदार इनिङ खेले । उनले १ सय ३९ बलमा २१ चौका र २ छक्का प्रहार गरे । विल ज्याक्सले ५८ बलमा २ चौकाको सहयोगमा ४९ रन जोडे । ह्यारी ब्रुक ४७ तथा ज्याकोब बेथहेल १७ रनमा आउट हुँदा आदिल राशिद १० रनमा अविजित रहे ।

वेस्ट इण्डिजका लागि अल्जारी जोसेफले ४ तथा रोस्टन चेस, म्याथ्यु फोर्ड र जयडेन सेल्सले समान १ विकेट लिए ।

त्यसअघि इङग्ल्याण्को सोफी ग्राडेन कार्डिफमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिज ४७.४ ओभरमा ३ सय ८ रनमा समेटिएको थियो । वेस्ट इण्डिजका केसी कार्टीले शतकीय इनिङ खेलेका थिए । उनले १ सय ५ बलमा १३ चौकाको सहयोगमा १ सय ३ रन बनाएका थिए ।

कप्तान शाई होप ६६ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ७८ रनमा आउट भएका थिए । ओपनर ब्राण्डन किंग ६७ बलमा १० चौकाको सहयोगमा ५९ रनमा आउट भए । जस्टिन ग्रब्स २२, गुणकेश मोटी १८ तथा अल्जारी जोसेफ १० रनमा आउट भए ।

घरेलु टोलीका लागि आदिल राशिदले ४, सकिब मोहम्मदले ३ तथा विल ज्याक्स, वायडन कार्स र ज्याकेब बेथहेलले समान १ विकेट लिए । पहिलो ओडिआईमा घरेलु टोली २ सय ३८ रनको फराकिलो अन्तरले विजयी भएको थियो ।

दुई देशबीचको तेस्रो ओडिआई खेल मंगलबार रहेको छ । ओडिआई सिरिजपश्चात २ देशबीच ३ खेलको टि ट्वान्टी आई सिरिज हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.