default_image

7 months ago

June 2, 2025

स्कटल्याण्डको चौथो विकेट पतन

142 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डको चौथो विकेट पतन भएको छ ।

स्कटल्याण्डको चौथोे विकेट नेपालका तीव्र गतिका बलर करण केसीले दिलाएका छन् । करणले ४० रन बनाएर खेलिरहेका कप्तान रिची बेरिङ्टनलाई आउट गराएका हुन् ।

यसअघि तेस्रो विकेट नेपालका तीव्र गतिका बलर करणले नै दिलाएका थिए । करणले स्कटल्याण्डको लागि ८० रन बनाएर खेलि रहेका चाल्र्स टेयर्सलाई विकेट किपर आसिफ शेखबाट स्टम्पिङ आउट गराएका हुन् ।

टेयर्स नेपालका लागि खतरा बनिरहेका थिए । उनले कप्तान बेरिङ्टनसँग मिलेर ७९ रनको साझेदारी गरी सकेका थिए ।

नेपाललाई तेस्रो सफलता तीव्र गतिका बलर सोमपाल कामीले दिलाएका थिए । सोमपालले ३१ बलमा १९ रनमा खेलिरहेका ब्रान्डन मकमुलनलाई बासिर अहमदबाट क्याच गराएका थिए ।

पहिलो विकेटका रुपमा स्कटल्याण्डले ओपनर जर्ज मुन्सीलाई रिजन ढकालको बलमा १२ रनमा गुमाएको थियो । मन्सी लामो सटको प्रयासमा सोमपाल कामीबाट समातिएका थिए ।

अहिले स्कटल्याण्डले २८ ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन बनाएको छ । नेपालले टस जितेर बलिङ गरिरहेको छ । त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र स्कटल्याण्डको अलावा नेदरल्याण्ड्सको समेत सहभागीता रहेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.