default_image

7 months ago

June 3, 2025

आरसिबी पहिलो पटक आइपिएल च्याम्पियन

2167 views

0 Bookmark

एजेन्सी – पञ्जाब किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) पहिलो पटक इण्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा आज फाइनलमा पञ्जाबलाई ६ रनले पराजित गर्दै आरसिबीले १८ वर्षको लिग इतिहासमा पहिलो पटक उपाधि जितेको हो ।

१ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन मात्र बनायो ।

पञ्जाबका शंसाक सिंहले ३० बलमा ३ चौका र ६ छक्कासहुत सर्वाधिक ६१ रन बनाए ‌। इङ्लिसले २३ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३९ रन जोडे ।

कप्तान श्रेयस अय्यर सामना गरेको दोस्रो बलमा नै १ रनमा आउट भए । ओपनर प्रियाशं आर्य २४, प्रभसिमरन सिंह २६ तथा निहाल बढेरा १५ रन जोडे ।

आरसिबीका लागि भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्याले समान २ तथा रोमारियो शेफर्ड, जोस हेजलवुड र यश दयालले समान १ विकेट लिए ।

त्यसअघि पञ्जाबले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको आरसिबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनायो।

आरसिबीका पूर्व कप्तान विराट कोहोलीले सर्वाधिक ४३ रन जोडे । उनले ३५ बलमा ३ चौका प्रहार गरे । कप्तान रजत पाटीदार १६ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए । मंयक अग्रवाल १८ बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रन थपे ।

ओपनर फिल साल्ट ९ बलमा १६, लियम लिविङ्स्टोन १५ बलमा २५, जितेश शर्मा १० बलमा २४ तथा रोमारिया शेफर्ड १७ रनमा आउट भए ।

पञ्जाबका कायल जेमीन्सन र अर्शदिप सिंहले समान ३ तथा अजमतुल्लाह उमरजाई, विजय कुमार वैशाख र युजभेन्द्र चहलले समान १ विकेट लिए ।

लिग चरणमा पञ्जाब पहिलो र ‌आरसिबी दोस्रो स्थानमा रहेका थिए । यी दुई टोली पहिलो क्वालिफायर खेलेका थिए । जसमा पञ्जाबलाई हराउँदै आरसिबी फाइनलमा पुगेको थियो । पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई हराउँदै पुनः आरसिबीसँगको भेट पक्का गरेको थियो ।

आइपिएलको उपाधि जित्ने आरसिबी आठौं टोली हो । आरसिबी चौथो पटकको प्रयासमा च्याम्पियन भएको हो ।

यसअघि आरसिबी फाइनलमा सन् २००९ मा डेक्कन चार्जससँग ६ रन, सन् २०११ मा चेन्नई सुपर किंग्ससँग र सन् २०१६ मा सनराइजर्स हैदराबादसँग पराजित भएको थियो ।

पञ्जाब दोस्रो पटक पनि उपविजेतामा सिमित रह्यो ।२०१४ को फाइनलमा पन्जाब कोलकाता नाइटराइडर्ससँग पराजित भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.