7 months ago
June 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – रोहित ठाकुरको अलराउण्ड प्रदर्शनमा टिबी साह राष्ट्रिय यु १६ प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताको पहिलो खेलमा जित दर्ता गर्ने क्रममा बागमतीले कोशी प्रदेशलाई १ सय ५ रनले पराजित गरेको हो । २ सय ३६ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १ सय ३० रनमा समेटियो ।
कोशीका लागि कप्तान शिवासं बजगाईंले ५५ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।
सुगम बुढाथोकी २३, सकुशल श्रेष्ट १६ तथा अफान ताहिर १५ रनमा आउट भए । बागमतीका लागि रोहितले ३, कप्तान प्रसिद्ध जैशी र कमल शाहीले समान २ तथा राजेश बोहोरा र तपेन्द्र बिष्टले समान १ विकेट लिए ।
त्यसअघि कालिन्चोक क्रिकेट मैदान सुर्खेतमा टस जितेर बागमतीले ब्याटिङ गरेमा ४८.१ ओभरमा २ सय ३५ रनमा अल आउट भयो ।
बागमतीका लागि रोहित र राजेश बोहोराले अर्धशतक बनाए । राजेशले ५२ बलमा ९ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ६९ रन जोडे । रोहित ६८ बलमा ६ चौकाको सहयोगमा ५७ रनमा आउट भए । कप्तान प्रसिद्ध जैशी ३९, इशान साह सुवेदी र जय साह समान १६ रनमा आउट भए ।
कोशीका लागि अलिस मण्डल र सुयोग भट्टराईले समान ३, राजिव महतोले २ तथा कविराज खत्रीले १ विकेट लिए ।
जितका सुरुवात गरेको बागमती २ अंकका साथ तेस्रो स्थानमा छ । पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको कोशी २ अंकका साथ ५औं स्थानमा छ ।
सिंगल राउन्ड रोविनमा हुने प्रतियोगितामा सात प्रदेश सहभागी रहेकाे छ । लिग चरणको खेलमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल जेठ ३१ गते हुनेछ ।
यस प्रतियोगिता एसिसी मेन्स यु १६ इष्ट जोन कप २०२५ का लागि छनोटका रुपमा समेत रहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]