6 months ago
June 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु को खेलमा नेपालका स्पिनरद्वय ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले स्कटल्याण्डको महत्त्वपूर्ण विकेट लिएका छन् ।
ललितले अर्धशतक बनाएका चार्ली टियरलाई आउट गर्दै ९४ रनको महत्त्वपूर्ण साझेदारी तोडेका थिए । चार्लीले तेस्रो विकेटका लागि कप्तान रिची बेरिङ्टनसँग मिलेर बलियो साझेदारी निर्माण गरेका थिए ।
चार्ली २२ औं ओभरको पाँचौ बलमा ललितबाट बोल्ड भए । उनले ६५ बलमा ९ चौकासहित ६८ रन जोडे । ३० औं ओभरमा दीपेन्द्रले फिन्ले मक्रिथलाई आउट गरे । १७ रन जोडेका फिन्लेलाई दीपेन्द्रले आफ्नै बलमा उत्कृष्ट डाइभका साथ क्याच गर्दै पेभेलियन फर्काएका थिए ।
स्कटल्याण्डले ३० ओभरमा ४ विकेट गुमाएर १ सय ५१ रन जोडेको छ । कप्तान बेरिङटन ५४ रनमा खेलिरहेका छन् । क्रिजमा म्याथ्यु क्रस छन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरिरहेको घरेलु टोली स्कटल्याण्डविरुद्ध नेपालले राम्रो सुरुवात गरेको थियो । नेपालका लागि दोस्रो ओभरको पाँचौ बलमा पहिलो सफलता मिलेको थियो । तीव्र गतिका बलर करण केसीले शुन्य रनमा स्कटल्याण्डका जर्ज मुन्सीलाई आउट गराएका थिए ।
नेपाललाई दोस्रो सफलता करणले नै दिलाएका थिए । करणले छैठौं ओभरको चौथो बलमा ब्रेण्डन मकमलनलाई ५ रनमा आउट गराएका थिए ।
सोमबार भएको भेटमा करण केसीको उत्कृष्ट प्रदर्शनमा नेपालले स्कटल्याण्डलाई १ विकेटले रोमाञ्चक तबरले हराएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]