6 months ago
June 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो चरणको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डविरुद्ध भीम सार्कीले अर्धशतक पूरा गरेका छन् ।
भीमले ६७ बलमा ५ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । ओडिआई करियरमा भीमको यो चौथो अर्धशतक हो ।
३ सय २४ रनको लक्ष्य पछ्याइरहेको नेपालले अहिले २७ ओभरमा ४ विकेट गुमाएर १ सय ३५ रन बनाएको छ ।
नेपालले पहिलो विकेटका रुपमा २० बलमा १७ रनमा खेलिरहेका कुशल भुर्तेललाई गुमाएको थियो । कुशल र आसिफबीचमा समझदारी नबन्दा उनले रन आउटको सिकार हुनु पर्यो ।
दोस्रो विकेटका रुपमा नेपालले अर्का ओपर आसिफलाई ८ बलमा ८ रनमा गुमायो । तेस्रो विकेटका रुपमा नेपालले कप्तान रोहितकुमार पौडेललाई ३ रनमा गुमायो ।
भीमसँग चौथो विकेटका लागि बलियो साझेदारी गरिरहेका आरिफ शेख ५५ बलमा ३९ रन बनाउँदै आउट भए । आरिफ र भीमले ९४ रनको साझेदारी गरेका थिए । क्रिजमा भीमको साथमा उपकप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]