default_image

6 months ago

June 8, 2025

स्कटल्याण्डसँग नेपाल पराजित

2124 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु को खेलमा स्कटल्याण्डसँग नेपाल पराजित भएको छ ।

स्कटल्याण्डसँग जितको नजिक पुगेर नेपाल पराजित भएको हो । अन्तिम बलमा जितका लागि ३ रन चाहिएको अवस्थामा स्कटल्याण्डका तीव्र गतिका बलर सफियान सरिफले ललितनारायण राजवंशीलाई बोल्ड आउट गराउँदै २ रनको रोमाञ्चक जित निकाले ।

स्कटल्याण्डको डन्डीमा स्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाल २ रनले पराजित भयो । ३ सय २४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ५०औं ओभरको अन्तिम बलमा ३ सय २१ रनमा अल आउट भएको हो ।

यो नै नेपालले ओडिआईमा बनाएको सर्वाधिक रन हो । यसअघि ओमानविरुद्ध सन् २०२३ मा नेपालले ३ सय १० रन बनाएको थियो ।

नेपालका लागि भीम सार्कीले ८५ बलमा ८ चौकाको सहयोगमा ७३ रनको अर्धशतकीय इनिङ खेले । भीम मेकान्जि जोन्सको बलमा आउट भए । चौथो विकेटका लागि भीमले आरिफ शेखसँग मिलेर ९४ रनको साझेदारी गरे । शेख ५५ बलमा ५ चौकाको सहयोगमा ३९ रनमा आउट भए ।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा २ चौकाको सहयोगमा ५६ रन जोडे । सातौ विकेटका लागि सोमपाल कामीसँग दीपेन्द्रले १ सय ५ रनको महत्वपूर्ण साझेदारी गरे । सोमपाल ४४ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६७ रनमा आउट भए ।

अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको अवस्थामा सरिफले अनुभव प्रस्तुत गरे । उनले अन्तिम ओभरमा ४ रन खर्चिएर २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २३ रनको विशाल योगफल तयार गर्यो ।

स्कटल्याण्डका कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले । बेरिङ्टनले १ सय १४ बलमा ६ चौका र ४ छक्कासहित १ सय २ रनको योगदान गरे । बेरिङ्टन ४८औं ओभरको तेस्रो बलमा गुलशन झाबाट रन आउट भए ।

नेपालले ५.४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिँदै राम्रो सुरुवात गरेको थियो । तर, तेस्रो विकेटका लागि कप्तान बेरिङ्टन र चार्ली टेयरले ९४ रनको साझेदारी गरे ।

टेयरले ६५ बलमा ९ चौकाको सहयोगमा ६८ रन जोडे । चार्लीलाई स्पिन बलर ललित राजवंशीले आउट गराए । चार्ली २२ औं ओभरको पाँचौ बलमा आउट भए । त्यसपछि चौथो र पाँचौ विकेटका लागि खास साझेदारी बन्न सकेन ।

१७ रन जोडेका फिन्ले मक्रिथलाई दीपेन्द्र सिंह ऐरीले आफ्नै बलमा उत्कृष्ट डाइभ क्याच गर्दै पेभेलियन फर्काए । पाँचौ विकेटका रुपमा म्याथ्यु क्रस ३ रनमा आउट भए ।

तर, छैठौं विकेटका लागि कप्तान बेरिङ्टन र माइकल लिस्कले १ सय २५ रनको महत्वपूर्ण साझेदारी गरि टोलीलाई बलियो योगफलसम्म पुर्याए । लिस्कले ६२ बलमा १२ चौका र ३ छक्काको सहयोगमा अविजित ९६ रन बनाए ।

नेपाललाई पहिलो सफलता करण केसीले दिलाए । करणले शुन्यमा जर्ज मुन्सीलाई आउट गराए । दोस्रो सफलता पनि करणले नै दिलाए । उनले छैठौं ओभरको चौथो बलमा ब्रेण्डन मकमलनलाई ५ रनमा आउट गराए ।

नेपालले अरु खेलमा जस्तै डेथ ओभरमा धेरै रन खर्चियो। पछिल्लो १० ओभरमा १ सय २३ रन खर्चेर १ विकेट लियो । करण र दीपेन्द्रले समान २ तथा ललितले १ विकेट लिए ।

८ टोली सहभागी लिग टु मा स्कटल्याण्ड १९ खेलमा २४ अंकका साथ दाेस्राे स्थानमा छ । नेपाल १५ खेलमा १० अंकका साथ सातौं स्थानमा छ ।

सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

लिग टु को खेल पछि असार १(१५ जुन) गते आइतवार बाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.