6 months ago
June 10, 2025
काठमाडौं ( हाम्रो खेदकुद) ( आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तरगत नेदरल्याण्ड्सविरुद्ध खेलमा पहिला ब्याटिङ गर्नेक्रममा नेपाललाई १० रन पेनाल्टी लाग्न पुग्यो । त्यसैको कारण २ सय ३७ रनको लक्ष्य पाएको नेदरल्याड्सले पहिलो बल खेल्नु अघि नै १० रनबाट सुरुवात गरेको थियो । स्कटल्याण्डको डण्डीमा टस हारेर पहिला ब्याटिङ गर्नेक्रममा नेपालका ब्याटर बसिर अहमदले एकै किसिमको दुई गल्ती गर्दा १० पेनाल्टी पाएको हो ।
तीव्र गतिका बलर कायल केलिनको ३७ औं ओभरको तेस्रो बलमा बसिर अहमद पिचको मध्यभागमा हिँडेका थिए । बसिर उक्त बलमा रोक्दै केहि पईला अघि बढेर पुन स्ट्राइकमा फर्किएका थिए । अम्पायरले त्यति बेलासम्म पेनाल्टी दिएका थिएनन् । तर नेदरल्याड्सका अनुभवी बलर रोलेफ भान डर मर्वेले अम्पायरसँग उक्त घटना बताउँदै असन्तुष्ट पोखेका थिए । त्यसपछि अम्पायरले नेपाललाई ५ रन पेनाल्टी दिए । यतिमात्रै होइन बसिरले सोही किसिमको गल्ती ४० औं ओभरमा पनि गरे ।
स्पिनर अर्यान दत्तको ४० औं ओभरको दोस्रो बलमा पुन बल रोकेपछि पिचको मध्यभागमा थोरै अघि बढेर फर्केका थिए । यस पटक नेदरल्याड्सका कप्तान स्कर्ट एडवार्ड्सले अपिल गरेका थिए । त्यसपछि आरिफ शेखले बसिरलाई गएर सम्झाएका थिए । तर अम्पायरले नेपाललाई पेनाल्टी दिएका थिए । जसको कारण नेदरल्याण्ड्सले १० रन अतिरिक्त पाएको थियो । क्रिकेटको नियम अनुसार पिचको बीच भागबाट ब्याटर हिँड्न पाइदैन । यस्ले फिल्डर र अम्पायर दुबैलाई बाधा पुग्ने बताइन्छ ।
बीचभागबाट हिँडेमा मात्रै होइन बलमा थुक लगाएमा, विकेटकिपरले राखेको हेल्मेटमा बल लागेका, ब्याटरले समय अनावश्यक रुपमा खर्चेमा, फिल्डिङ टोलीलाई बाधा पुर्याएमा, पिच ब्याटरले बिगारेमा, चेतावनीका बाबजुद पुन सर्ट रन लिएमा, बल टेम्परिङ(बल बिगारेमा) पनि पाँच रन पेनाल्टी लाग्ने गर्दछ । सन् २०२२ मा टीयु मैदानमा टी२० सिरिजमा युएईका फिल्डर बासिल हामिदले बलमा थुक लगाउदा पनि नेपालले पाँच रन पेनाल्टी पाएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]