default_image

6 months ago

June 10, 2025

नेदरल्याण्ड्समाथि नेपालको लगातार दोस्रो जित

3875 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ओडिआईमा नेदरल्याण्ड्सलाई लगातार दोस्रो खेलमा हराएको छ । नेपालले गत साता बुधवार भएको पहिलो र आज दोस्रो भेटमा नेदरल्याण्ड्सलाई हराएको हो

आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको हो ।

२ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा अल आउट हुदै २ सय २० रन मात्र जोड्न सक्यो ।

नेदरल्याण्ड्सका वेस्ली बारेसीले ६० बलमा ३ चौकाको सहयोगमा सर्वाधिक ३६ रन जोडे । दोस्रो विकेटका लागि बारेसी र माइकल लेभिटले ५० बलमा ४१ रनको साझेदारी गरे । लेभिटले २७ बलमा ३ चौका र १ छक्काको सहयोगमा २७ रन जोडे ।

कप्तान स्कट एडवार्डस ४७ बलमा २ चौकाको सहयोगमा ३० रनमा आउट भए । कप्तान एडवार्डसले तेजा निदामानिरुसँग मिलेर पाँचौ विकेटका लागि २९ रनको साझेदारी गरे । निदामानिरु ३६ बलमा १७ रनमा आउट भए ।

नोहा क्रोसले २७ बलमा ४ चौकाको सहयोगमा २२ रन जोडे । क्रोसले सातौं विकेटका लागि काइल क्लेनसँग मिलेर ३७ रनको साझेदारी गरे । क्लेनले ४६ बलमा १ छक्काको सहयोगमा २५ रन जोडे ।

क्लेनसँग रोलेफ भान मिर्वोले आठौं विकेटका लागि ३१ रनको साझेदारी गरे । मिर्वो २२ बलमा १ छक्काको सहयोगमा १६ रनमा आउट भए ।

नेपालका लागि ओडिआई डेब्यु खेल खेलेका नन्दन यादबले ९ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । सन्दीप लामिछानेले ३, ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए ।

स्कटल्याण्डको डन्डीमा त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो ।

नेपालका आरिफले अर्धशतकीय इनिङ खेले । आरिफले ८५ बलमा ७ चौका र २ छक्कासहित उनले सर्वाधिक ८४ रनको योगदान गरे । आरिफको यो ओडिआई करियरको सर्वाधिक रन हो ।

आरिफले गत साता पनि नेदरल्याण्ड्ससँगको खेलमा अर्धशतक प्रहार गरेका थिए । आरिफले त्यो खेलमा ७८ रन बनाएका थिए ।

भीम सार्कीले ३८ बलमा ३ चौकाको सहयोगमा ३५ रन बनाए । तेस्रो विकेटका लागि भीम र कप्तान रोहितकुमार पौडेलले ७९ बलमा ५९ रनको‌ साझेदारी गरे । रोहित र भीम माइकल लेभिटको बलमा आउट भए ।

उपकप्तान दीपेन्द्रसिंह ऐरी २४ बलमा १ चौकाको सहयोगमा १६ रन जोडे । सिरिजको अन्तिम खेलमा मौका पाएका बसिर अहमदले २५ बलमा ११ रन बनाए । करण केसी १९ बलमा १ चौकाको सहयोगमा ११ रनमा आउट भए । नन्दन यादव १० रनमा अविजित रहे ।

नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई १८ रनमा गुमाएको थियो । कुशलले १९ बलमा २ चौका प्रहार गरे । दोस्रो विकेटका रुपमा १६ बल सामना गरेका अनिल साह २ रनमा आउट भए । नेपालका दुवै ओपनरलाई पल भान मेकरेनले आउट गराए ।

नेदरल्याण्ड्सले १० रन पेनाल्टी स्वरुप पायो । दोस्रो इनिङको सुरुवातमा नेदरल्याण्ड्सले कुनै बलको सामना नगरी १० रन पाएको थियो । नेदरल्याण्ड्सका लागि पल भानले ४, लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए ।

त्रिकोणात्मक सिरिजमा यसपटक नेपालले ४ मध्ये ३ खेल जितेको छ। नेपालले स्कटल्याण्डसँगको पछिल्लो खेलमा २ रनको हार बेहोरेको थियो।

नेपाल ८ राष्ट्र सहभागी लिग टु मा १६ खेलमा १२ अंकका साथ सातौं स्थानमा छ । नेदरल्याण्ड्स २३ खेलमा २६ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.