default_image

6 months ago

June 19, 2025

भीमको टि ट्वान्टी आईमा डेब्यु

464 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीले नेपाली राष्ट्रिय क्रिकेट टोलीको टि ट्वान्टी आई टोलीमा डेब्यु गरेका छन् ।

स्कटल्याण्डमा जारी टि ट्वान्टी आई सिरिजको नेदरल्याण्ड्सविरुद्धको खेलमा भीमले टि ट्वान्टी आईमा डेब्यु गरेका हुन् ।

नेपालका लागि टि ट्वान्टी आईमा प्रतिनिधित्व गर्ने भीम ५२औं खेलाडी हुन् । भीमलाई नेपाली टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले डेब्यु क्याप हस्तान्तरण गरेका थिए ।

यसै सिरिजमा रुपेश सिंह र किरण ठगुन्नाले समेत टि ट्वान्टी आईमा डेब्यु गरेका थिए । नेदरल्याण्ड्सविरुद्धको जारी खेलमा नेपालले टस जितेको छ । स्कटल्याण्डको ग्लासगोमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

Success

Thank you for your time.