5 months ago
June 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्याण्डमा जारी टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले आज घरेलु टोलीको सामना गर्ने छ ।
स्कटल्याण्डको ग्लासगोमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । दुवै टोली खेल जितेर सिरिज आफ्नो नाममा गर्ने लक्ष्यमा रहेका छन् ।
नेपाल ३ खेलमा २ मा जित र १ मा हारका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । स्कटल्याण्ड समान खेलमा २ मा हार र १ मा जितका साथ तेस्रो स्थानमा छ । नेपालले यो खेल जितेमा नेपालको ६ अंक हुनेछ । जसले तालिकाको शीर्ष स्थानमा रहँदै नेपाल च्याम्पियन हुनेछ ।
नेपालको भन्दा स्कटल्याण्डको रन रेट राम्रो रहेको छ । स्कटल्याण्ड विजयी भएमा नेपाल र घरेलु टोलीको अंक बराबरी हुन्छ । त्यस्तोमा रन रेटमा अघि रहेका कारण स्कटल्याण्ड च्याम्पियन हुनेछ ।
पहिलो भेटमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको थियो । त्यसअघि नेपाल सोमवार नेदरल्याण्ड्ससँग पराजित भएको थियो । बिहिवार अर्को खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो ।
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा विराटनगर किंग्सले सनादार सुरुवात गरेको छ। विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो। विराटनगरको जितमा लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। जितको लागि २ सय २१ रनको लक्ष्य पछ्याएको पोखरा १८ .५ ओभरमा अलआउट हुँदै १ सय ६७ रनमा […]
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सबीलाई २ सय २१ रनको कीर्तीमानी चुनौती दिएको छ। एनपिएलमा कुनै टोलीले बनाएको यो सर्वाधिक योगफल हो। विराटनगरको लागि लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै एनपिएलकै सर्वाधिक २ […]
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल हुँदैछ। टस जितेर पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। पोखरा र विराटनगर दुवैसँग गत संस्करण प्ले अफमा पुग्न नसकेको तीतो अनुभव रहेको छ। त्यसैले दुबै टोली जितबाट यो सिजनको सुरुवात गर्ने दाउमा रहनेछन्। विराटनगर स्टार खेलाडी सन्दीप लामिछानेको कप्तानीमा हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा […]