9 years ago
March 4, 2017
एजेन्सी – भारत र अष्ट्रेलियाबीच जारि टेष्ट सिरिजको दोश्रो टेष्ट अन्तर्गत पहिलो दिन अष्ट्रेलियाले पहिलो टेष्टको लयलाई कायम राख्दै उत्कृष्ट सुरुवात गरेको छ।

टस जितेर पहिलो ब्याटिङ गरेको भारतले पहिलो इनिङमा मात्र १८९ रन जोड्न सक्यो। ओपनर लोकेश राहुलले ९० रन बनाउन बाहेक अन्य कुनै ब्याट्सम्यानले ठुलो स्कोर बनाउन सकेनन्। पहिलो टेष्टबाट २ खेलाडी परिवर्तन गरेको भारतको लागि मुरली विजयको ठाउँमा आएका ओपनर अभिनव मुकुन्दले खाता खोल्न सकेनन्। कप्तान विराट कोहली मात्र १२ रन जोड्दै एल.बि.डब्लु आउट भए। चेतेस्वर पुजारा र अजिंक्या रहानेले समान १७/१७रन जोड्दा करुण नायरले २६ रन बनाए।
अष्ट्रेलियाका लागि नेथन लायनले सर्वाधिक ८ विकेट लिए। २२.२ ओभर बलिङ गरेका लायनले ५० रन खर्चदै भारतका कप्तान विराट कोहली सहित अन्य सात खेलाडीलाइ पेभेलियन फर्काएका थिए। खेलको पहिलो विकेट मिचेल स्टार्कले लिए भने स्टिभन ओ’किफको नाममा १ विकेट रह्यो।
तेश्रो सत्रमै आफ्नो ब्याटिङ सुरु गरेको अष्ट्रेलियाले ४०/०को स्थितिमा दिनको खेल समापन गरेको छ। उसका लागि डेबिड वार्नर २३ र म्याट रेन्स १५ रनमा अविजित छन्।
पहिलो टेष्टमा अष्ट्रेलियाले ३३३ रनको फराकिलो जित हात परेपछि भारतलाई दोश्रो टेष्टमा फर्कन ठुलो दवाव सिर्जना भएको छ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]