6 months ago
June 22, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले ब्याटर ओली पोपको शतकमा भारतविरुद्ध पहिलो टेस्टको पहिलो इनिङमा राम्रो सुरुवात गरेको छ।
भारतले पहिलो इनिङमा ४ सय ७१ रन बनाएको थियो। इङ्ग्ल्याण्डले २ सय ९ रन बनाउँदा दोस्रो दिनको खेल समाप्त भएको थियो। भारत २ सय ६२ रनले अघि छ ।
ओलीले १ सय ३१ बलमा १ सय रनमा अविजित छन् । त्यस्तै ओपनर बेन डकेट ६२ बनाए । जो रुट २८ रनमा आउट भए । ह्यारी ब्रुक अविजित रहेका छन् ।
त्यसअघि हेडिङ्लीमा घरेलु टोलीले टस जितेर फिल्डिङको निणर्य लिएको थियो। पहिला ब्याटिङ गरेको भारतले कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको थियो ।
कप्तान गिल २ सय २७ बलमा १९ चौका र १ छक्कासहित टोलीका लागि सर्वाधिक १ सय ४७ रन बनाए । ऋषभ १ सय ३४ तथा जैसवाल १ सय १ रनको योगदान गरे। केएल राहुल ४२ तथा रविन्द्र जडेजा ११ रनमा आउट भए ।
पछिल्लो क्रममा घरेलु टोलीले बलिङमा पुनरागमन गरेको थियो। ४ सय ३० रनमा ३ विकेट गुमाएर बलियो स्थितिमा रहेको भारतले ४१ रन थप्दा ७ विकेट गुमाएको थियो ।
घरेलु टोलीका लागि जोस टोङ्गु र बेन स्टोक्सले समान ४ तथा बायडन कार्स र शोयब बसिरले समान १ विकेट लिए ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]