default_image

6 months ago

June 22, 2025

भारतविरुद्ध पोपको शतक

1387 views

0 Bookmark

एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले ब्याटर ओली पोपको शतकमा भारतविरुद्ध पहि‌लो टेस्टको पहिलो इनिङमा राम्रो सुरुवात गरेको छ।

भारतले पहिलो इनिङमा ४ सय ७१ रन बनाएको थियो। इङ्ग्ल्याण्डले २ सय ९ रन बनाउँदा दोस्रो दिनको खेल समाप्त भएको थियो। भारत २ सय ६२ रनले अघि छ ।

ओलीले १ सय ३१ बलमा १ सय रनमा अविजित छन् । त्यस्तै ओपनर बेन डकेट ६२ बनाए । जो रुट २८ रनमा आउट भए । ह्यारी ब्रुक अविजित रहेका छन् ।

त्यसअघि हेडिङ्लीमा घरेलु टोलीले टस जितेर फिल्डिङको निणर्य लिएको थियो। पहिला ब्याटिङ गरेको भारतले कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको थियो ।

कप्तान गिल २ सय २७ बलमा १९ चौका र १ छक्कासहित टोलीका लागि सर्वाधिक १ सय ४७ रन बनाए । ऋषभ १ सय ३४ तथा जैसवाल १ सय १ रनको योगदान गरे। केएल राहुल ४२ तथा रविन्द्र जडेजा ११ रनमा आउट भए ।

पछिल्लो क्रममा घरेलु टोलीले बलिङमा पुनरागमन गरेको थियो। ४ सय ३० रनमा ३ विकेट गुमाएर बलियो स्थितिमा रहेको भारतले ४१ रन थप्दा ७ विकेट गुमाएको थियो ।

घरेलु टोलीका लागि जोस टोङ्गु र बेन स्टोक्सले समान ४ तथा बायडन कार्स र शोयब बसिरले समान १ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.